पर्यटक पथ प्रदर्शकलाई दिइएकाे ५ दिने तालिम सम्पन्न


भुमराज तिवारी काठमाडाैं । १५ मंसिर २०७९
tourist guide training

काठमाडौंमा पर्यटक पथ प्रदर्शकहरुका लागि दिइएको पुर्नताजगी तालिम बुधबार सकिएको छ । टुरिस्ट गाइड एसोसिएसन नेपालको आयोजनामा शनिबारदेखि ५ दिने पुर्नताजगी तालिम शुरु भएको थियो ।

एसोसिएसनका अध्यक्ष बद्री नेपालका अनुसार प्रदेश पर्यटन ऐनले लाइसेन्स नवीकरणका लागि रिफ्रेसमेन्ट तालिम अनिवार्य गरेपछि ३ दिन सैद्धान्तिक र २ दिन प्रयोगात्मक गरी तालिम सम्पन्न गरिएको हो । ठमेलस्थित काठमाडौं गार्डेन होममा भएको तालिममा ५५ जना पथ प्रदर्शक सहभागी भएका थिए ।

तालिममा सहभागी भएका पथप्रदर्शकहरूले तालिम पश्चात लाइसेन्स नवीकरणका लागि आवेदन दिन सक्छन् ।

तालिम अवधिभर हिन्दु, बौद्ध धर्म र संस्कृति, गाइडिङ विधि, सुरक्षा, महामारीपछिको पर्यटनमा आएको परिवर्तन लगायतका विषयमा डा विना पौडेल, पशुपति न्यौपाने, पुण्यप्रसाद पराजुलीले प्रशिक्षण दिएका थिए ।

तालिमलाई नेपाल पर्यटन बोर्ड र युएनडिपीको संयुक्त परियोजना जिविकोपार्जनका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपि) ले सहयोग गरेको थियो ।

१५ मंसिर २०७९