पर्यटक प्रहरिले मनायो ४५औँ बार्षिकोत्सब


पर्यटक प्रहरीले ४५औँ बार्षिकोत्सब मनाएकाे छ । पर्यटक प्रहरीले शुक्रवार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको कार्यालयमा एक कार्यक्रम गरी वार्षिकोत्सब मनाएको हो।

पर्यटक प्रहरी इकाइ प्रमुख डिएसपी नरेन्द्र कुवरले कार्यक्रममा उपस्थित अतिथिको स्वागत गर्दै पर्यटक प्रहरीको स्थापना र कामकारबाहीको बारेमा प्रकाश पारेका थिए। पर्यटकको सुरक्षार्थ, पर्यटक प्रहरी’ भन्ने मूल नाराका साथ स्थापित पर्यटक प्रहरिले विभिन्न स्रोत साधनको अभावमा पनि उत्तिकै तादरुकताका साथ कार्य गरिरहेको उनले बताए।

कार्यक्रमका प्रमुख अतिथी तथा सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटकको सुरक्षा नै पर्यटन बिकासको प्रमुख आधार रहेको बताए।

“पर्यटक प्रहरी भनेको पर्यटकको साथी रहेको बताउदै उनले पर्यटकको सुरक्षाका साथै पर्यटकलाइ नेपालको नियम कानुन र आवश्यक सुझाब दिएर उनिहरुको नेपाल बसाइ सुखद बनाउन पर्यटक प्रहरीको भुमिका अहम रहन्छ” उनले भने।

पर्यटनको माध्यमबाट थुप्रै रोजगारी सिर्जना गर्न सकिने हुदा सबैले नेपाली स्वादको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने समेत उनले बताए।

त्यस्तै होटल संघ नेपाल(हान)का अध्यक्ष बिनायक शाहले देशको पर्यटन फस्टाउनुमा उक्त देशको शान्ती सुरक्षाले ठुलो भुमिका खेल्ने बताएका छन। पर्यटकको सुरक्षाका लागि नेपाल पर्यटन प्रहरीले उल्लेखनिय कार्य गरिरहेको प्रती उनले  आभार ब्यक्त गरे।

“पर्यटक प्रहरीले लिखित कम्प्लेन आएपछी मात्र पर्यटक प्रहरी परिचालन हुने परिपाटीलाई फेरेर समस्या आउनासाथ तुरुन्तै एक्सन लिन सके पर्यटक र ब्यवसायी दुबैले सहि समयमा सेवा पाउन सक्ने बताउदै उक्त कुरामा मध्यनजर गर्न समेत उनले आग्रह गरे।

कार्यक्रममा पर्यटक प्रहरी अन्तर टेनिस प्रतियोगिताका बिजेतालाइ पुरस्कार बितरण गरिएको थियो भने पर्यटक प्रहरीलाइ विभिन्न समयमा सहयोग पुर्याउने संघ संस्थालाई सम्मान गरेको थियो।

त्यस्तै कार्यक्रममा पर्यटनसचिब डा. दिपक काफ्ले , पर्यटन बिभागका महानिर्देशक चक्र बहादुर बुढा , प्रहरी महानिरीक्षक वसन्त बहादुर कुवर ,लगायतले शुभकामना मन्तब्य राखेका थिए।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेकका पाँचै प्रदेशमा पर्यटक प्रहरी एकाइ कार्यालय रहेका छन्। काठमाडौं उपत्यकामा १० र उपत्यका बाहिर १८ गरी कुल २८ पर्यटक प्रहरी एकाइ कार्यालय रहेका छन्। कुल २ सय ३९ संख्यामा पर्यटक प्रहरीको दरबन्दी रहेकोमा अहिले २ सय २० प्रहरी जनशक्ति पूरा पर्यटकीय गन्तव्य र पर्यटकको सेवा, सुविधा, सुरक्षा र हितका लागि कार्यरत छन्।

१२ माघ २०८०