सूदुरपश्चिमको मुख्य‌ शक्तिपीठ उग्रतारा मन्दिर


टुरिजम पाना संवाददाता काठमाडौं । ३ मंसिर २०८१

डडेलधुरामा अवस्थित उग्रतारा मन्दिर सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठूलो शक्ति पीठ मानिन्छ। यो मन्दिर डडेलधुरादेखि चार किलोमिटर पश्चिमपट्टी रहेको यस मन्दिरलाई सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ । 

डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकामा पर्ने प्रशिद्द मन्दिर बागबजारबाट करिब ५कि.मि. टाढा डडेलधुरा, बैतडी राजमार्गको पश्चिम पटीको अग्लो बिशाल तथा रमणिय फाटमा रहेको छ। यहाँ कतै बाट ओर्लेर मन्दिरमा पर्वेश गर्ने मार्ग नभई प्रकृत प्रदत फाँटमा अवश्थित उग्रतारा देविको दर्शन गर्न जाने भक्तजनहरुले उक्लेर जानु पर्दछ ।

किंवदन्ती अनुसार, धेरै वर्ष उग्रतारा भगवती रहेको स्थान नजिक लटाउली गाउँमा साँकि जातिको बसोबास रहेको थियो। जुनकुरा त्यहाँको हाल रहेको भु-बनोटको आकृतिबाट पनि प्रष्ट हुने नगरपालिकाले जनाएको छ। हाल रहेको उग्रताराको मन्दिर वरपर तिनै लटाउलीका साँकी जातिहरुले कृषि कार्य गर्दथे। एक दिन तिनै साँकी जातिको एकजना किसान हलो जोतिरहेको अवस्थामा हलोको फालि सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बगि रहेको अबस्थामा ति साँकीले रगत रोक्नको लागि अनेक प्रयत्न गर्दा रोकिएन, रगत धेरै आउदा रगतको खोला बग्न शुरु भयो।

हाल पनि यो खोला यहि मन्दिरका तलन्वाखोलाको नामले चिनिन्छ र यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले खानु भनि ल्याएको “मास” को खिचडी सोही सिलाको फालि लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो। त्यसपछि त्यस सिलाललाई सुरक्षित गरी मन्दिर निर्माण गरियो। ति किसान नै त्याहाँको पुजारी भए र तिनको सन्तानहरुले पुजारीहुदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्रि भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरिर सुति करिब पाँच किलो मिटर तल शैलेश्वर महादेव मन्दिर भित्रको सानो झ्यालबाट भित्र छिरी सकेर अन्य परम्परागत क्रिया गरि वास्तविक गृहस्थ जीवन त्यागि भगवतिको पुजामा रहनु पर्ने पर्चलन छ। यसरी पजारी अवतार नभएको अबश्थामा मन्दिरको बाहिरी शिला भन्दा अलि टाढा मात्र ब्राम्हणहरुले पुजा गराउने चलन छ ।

यिनै पुजारिकोबारे अर्को किम्बदन्ती पनि छ एक समय उग्रतारा माताको पुजारिको वृद्ध अवश्थासम्मपनि सन्तान नभएको ले सन्तान पाउ भन्ने आग्रह गर्दा उग्रतारा माताले पछि दुःख पाइन्छ भन्दा उसले सन्तानको ढपी गरिरहदा उनको छोरो भयो। छोरो ठुलो भएपछि पुजारिको सबै घर व्यवहार छोराले सम्हाल्थे तर एक बर्षको उग्रताराको मेला हुने अघिल्लो दिन सो गागमा थुप्रै पाहुनाहरु आए जो आज पनि यथावत छ । आएका पाहुनाहरुको सत्कार गर्न त्यो गाँउको मानिसहरु आफ्नो कर्तव्य सम्झन्छन। सोही हुनाले आधारातमा पाहुनाकै सत्कारमा ति बृद्धाको छोरा बुहारीको समय वितेकोर त्यस अबधिमा आफ्नो कुनै वास्ता नगरेकोले बृद्धा पुर्न आक्रोसको साथ रातिनै उग्रतारा मन्दिरमा गई पुकार गरी हजुरको दरबारबाट प्राप्त छोरा नष्ट होस भन्दा भोलिपल्टा मेलाको दिनको ठिक १२ बजे तिनको छोरोको मृत्यु भएको किम्बदन्ति सुन्न पाइन्छ ।

उग्रताराको महिमाबारे अर्को किम्बदन्ती पनि छ। कार्तिक पुर्णिमा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचिनकालमा गर्खा, गर्खा बाट लडाकुहरुले आ-आफ्नो विरतासाथ लडाई हुदा रगतको खोला बग्ने जसलाई यहा त्यहा न्वाखोलाकोरुपमा नामकरण गरिएको छ। 

यहाँ कार्तिक शुक्ल पूर्णिमाको दिन जिल्ला भरि बाट मात्र नभई बिभिन्न जिल्लाबाट मेला भर्न आउदछन् । यस उग्रतारा मेलापछि चिस्यान सुरु भई हिउद लाग्ने हुदा डडेलधुरा बासिको कृषि कार्यबाट फुर्सदका दिनहरु आउछन् । खनमडा, छ्चोडा, दमडा, र जिलोडामा भन्डार रहेको उग्रतारा मन्दिरमा यिनै ठाँउबाट देउरो पनि आउछ। यस मन्दिरमा देउरो आउनु अघि चतुर्दशिको राति रत्यौली मनाउने, मन्दिर पग्न अगाढी लटाउली, लगायत खनमडाट, जिलोडा र दमडामा साँस्कृतिक झलकका साथ खेल र जात्रा गरि देउरो उग्रतारामा लगीन गौरवमय परम्परा आफैमा रोमान्चक छ ।

 

३ मंसिर २०८१