परिवारसहित सगरमाथाको भ्रमणमा अमेरिकी राजदुत थम्पसन (फोटो)


टुरिजम पाना काठमाडौं । २५ पुष २०७९

नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले हालसालै परिवारसहित सगरमाथा वेसक्याम्पको भ्रमण गरेका छन् । नेपाल स्थित अमेरिकी दुतावासले उनले परिवारसहित सगरमाथा वेसक्याम्पको भ्रमण गरेका तस्वीरहरु सार्बजनिक गरेको हो ।

भ्रमणका क्रममा थम्पसनले सगरमाथाको सुन्दर दृश्य र हिउँले ढाकिएको चुचुराहरूमा जलवायु परिवर्तनको प्रभाव बारे सुनेको कुराहरू अझैं पनि सोचेको र परिवारसँग यो अनुभव साझा गर्न पाउँदा अविश्वसनीय भएको उल्लेख गरेका छन् ।

थम्पसनको भनाइलाई उदृत गर्दै दुतावासले भनेको छ, ‘यो अनुभवले हामीलाई जलवायु परिवर्तन विरुद्ध लड्न र भविष्यका पुस्ताहरूका लागि यसको संरक्षण गर्ने आवश्यकताको महत्त्वको सम्झना पनि गराएको छ।’

२५ पुष २०७९