भारतीय अभिनेता ओबरोयले गरे पशुपतिनाथको दर्शन


टुरिजम पाना काठमाडौं । २९ मंसिर २०७९
Vivek Oberoi

घुमफिरका लागि परिवारसहित नेपाल आएका भारतीय अभिनेता विवेक ओबरोय पशुपतिनाथ मन्दिर पुगेका छन् ।

आज विहान उनी परिवारसहित मन्दिर दर्शन तथा पुजाका लागि पशुपतिनाथ मन्दिर पुगेका हुन् । पशुपतिनाथको दर्शनपछि उनी चन्द्रागिरी हिल्स पुगेका छन् ।

१० दिन नेपालमा रहँदा मुक्तिनाथ, लुम्बिनी, घोरेपानी, पुनहिल लगायतका पर्यटकीय क्षेत्रको अवलोकन गर्ने छन् । उनले पोखरामा प्याराग्लाइडिङ, बन्जीजम्प र जिप लाइनसहितका साहसिक खेलको मज्जा समेत लिनेछन् ।

पशुपतिमा पूजाका लागि आउने धोको पहिल्यैदेखि भएको र अहिले आउँदा मन शान्त भएको बताए । उनी बुधवार बेलुकी ६ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

२९ मंसिर २०७९