पर्यटकको रोजाइमा भक्तपुरको नःपुखुमा चल्ने ‘वाटर साइकल’


टुरिजम पाना संवाददाता भक्तपुर । १४ भाद्र २०८०

पछिल्ला दिनमा भक्तपुर नगरपालिका-१ इताछेँस्थित नःपुखुमा सञ्चालनमा आएको पानीमाथि चलाउने ‘वाटर साइकल’ पर्यटकको रोजाइमा परेको छ ।

आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको वाटर साइकल पछिल्ला दिनमा पर्यटकको रोजाइमा परेको हो ।

टी एण्ड एन एडभेन्चर कम्पनीले भक्तपुर नगरपालिकाको समन्वयमा नःपुखुमा पोखरीमा वाटर साइकलिङ सञ्चालनमा ल्याएको हो ।

एउटा वाटर साइकलमा एक पटकमा दुई जना बस्न सकिने कम्पनीका सञ्चालक सुजन तिमिल्सिनाले जानकारी दिए ।

बाइकमा एकजना बराबर १५ मिनेटको दुईसय शुल्क लाग्छ ।

१४ भाद्र २०८०