लामो समयपछि पोखरा, काठमाडौं सहित विभिन्न भूभागमा हिउँदे बर्षा


टुरिजम पाना काठमाडौं । १४ फाल्गुन २०७९
पोखरामा बर्षासहित परेको असिना । तस्वीर : आवास होटल पोखरा

आइतबार काठमाडौं लगायतका देशका विभिन्न भूभागमा हिउँदे बर्षा भएको छ । मौसम पूर्वानुमानका अनुसार काठमाडौंमा मेघगर्जनसहित यसपालिको पहिलो हिउँद वर्षा भएको हो ।

साँझसम्म काठमाडौं अरू ठाउँमा पनि छिटफुट वर्षा हुने सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ।

पोखरा, लमजुङ, गोरखालगायत क्षेत्रमा असिनासहित वर्षा भएको छ। हिँउदको समयमा समेत वर्षा नहुँदा किसान मर्कामा परेका थिए ।

अबको केही दिन प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशकमा बिहान र बेलुका मौसम खुल्ने भए पनि दिउँसो, मध्याह्न र अपराह्न बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

१४ फाल्गुन २०७९