सञ्चारमाध्यममा अन्तरसम्बन्धित दृष्टिकोण समावेश गर्न आवश्यक


टुरिजम पाना काठमाडौँ । १२ आश्विन २०८१

विभिन्न समुदाय र सञ्चारमाध्यमका महिला पत्रकारले पत्रकारितामा इन्टरसेक्सनालिटी (अन्तर्विच्छ्दन) विषयलाई समेट्नुपर्ने महत्वबारे छलफल गरेका छन् ।

गत बिहीबार श्रमिक महिला पत्रकार (WWJ) र संकल्प फाउन्डेसनकाे संयुक्त आयोजना रहेकाे ‘च्यल्न्जेन एण्ड अपरचुनिटिज फर वुमन जर्नालिस्ट: एक्सप्लाेरिङ इन्टरसक्सनालिटी’ शीर्षकको उक्त अन्तरक्रियात्मक कार्यक्रममा कुनैपनि पत्रकारले विषयकाे सही पहिचान गर्न र साेकाे पूर्ण जानकारी सहित रिपोर्टिङ गर्न जरुरी रहेकाे र विभिन्न कारणवश दब्बिएका महिलाका समस्याहरूकाे पहिचान गर्नु पर्नेमा जाेड दिइएकाे थियाे ।

संकल्प फाउन्डेसनकी अध्यक्ष संगीता लामाले महिलाहरू जात, वर्ग, पेसा, लिङ्ग, भूगोल, संस्कृति, राजनीतिक हैसियतलगायतका आधारमा विविधतायुक्त रहेको र उनीहरूलाई एक समान समूहको रूपमा व्यवहार गर्नुका साथै उनीहरूका मुद्दाहरूलाई मिडियामा ल्याउन आवश्यक रहेकाे बताइन् ।

‘अब इन्टरसक्सनालिटी विश्वव्यापी दृष्टिकोण बनेको र प्रगति हासिल गर्न र लैङ्गिक न्यायपूर्ण समाज निर्माण गर्न यसको कार्यान्वयन आवश्यक रहेको छ,’ उनले भनिन् ‘एकल महिलाहरू विशेष गरी वैवाहिक स्थिति, सम्पत्तिको अधिकारका लागि लडिरहेका छन् भने मधेसी महिलाका आफ्नै किसिमका चुनौती र दलितहरू छुवाछुतको सिकार छन् ।

‘सञ्चारमाध्यममा अन्तरसम्बन्धित दृष्टिकोण समावेश भएमा मूलधारका सञ्चारमाध्यममा नदेखिने व्यक्तिको ‘पहिचान’ स्थापित गर्न सहयोग पुग्ने उनको भनाइ छ । सन् २००६ मा शान्तिपूर्ण, न्यायपूर्ण, समतामूलक र लोकतान्त्रिक नेपाल निर्माण गर्ने लक्ष्यका साथ संकल्पको स्थापना भएको थियो ।

१२ आश्विन २०८१