श्रेष्ठ र पाण्डेलाई पाटा लाइफ टाइम अचिभमेन्ट अवार्ड


टुरिजम पाना संवाददाता काठमाडौँ । २६ जेष्ठ २०८१

पर्यटन व्यवसायीद्वय द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठ र सांग्रिला होटलका संस्थापक श्यामकुमार पाण्डेलाई लाइभ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

प्यासिफिक एसियन ट्राभल एसोसिएसन (पाटा) नेपालले बिहीबार राति यस वर्षको उक्त अवार्ड दुई पर्यटन व्यवसायीलाई प्रदान गरेको हो ।

मुलुकको पर्यटन क्षेत्रको विकासमा अमूल्य योगदान पुर्‍याएको भन्दै पाटाले उनीहरुलाई उक्त सम्मान गरेको जनाएको छ ।

श्रेष्ठले श्रीमान द्वारिका दास श्रेष्ठसँग मिलेर हाइइन्ड पर्यटक ल्याउने उद्देश्यले हेरिटेज होटल द्वारिकाज सञ्चालन गरेकी थिइन् । सन् १९९१ मा श्रीमानको मृत्यु भएपछि हालसम्म होटल उनी एक्लैले सम्हाल्दै आएकी छन् । श्रेष्ठ हाल नेपालका लागि स्पेनको कन्सुलेट जनरलका रुपमा समेत काम गर्दै आएकी छन् ।

उनी नेपाली हेरिटेज सोसाइटी एण्ड बिजनेस एण्ड प्राफेसनलल वुमन नेपालको नेतृत्व तहमा रहेर नेपालको संस्कृति प्रवद्र्धनमा समेत काम गरिरहेकी छन् ।

सांग्रिला होटलका संस्थापक पाण्डेको पनि मुलुकको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान रहँदै आएको छ ।

सरकारी जागिरेले भरिएको परिवारबाट छुट्टिएर पाण्डेले पर्यटन क्षेत्रको व्यवसायमा हात हालेका थिए ।

उनी सरकारी सेवाको उपसचिवको जागिर छाडेर व्यवसायमा होमिएका थिए । लाजिम्पाटमा सांग्रिला होटल स्थापना गर्नका लागि पाण्डेलाई निकै ठूलो मेहनत गर्नुपरेको थियो ।

सन् १९७० मा लाजिम्पाटमा रहेका १५ परिवारलाई पुर्ख्यौली जग्गा बिक्रीका लागि मनाएर होटल स्थापना गर्नु तत्कालीन समयमा ठूलो विषय थियो ।

 

२६ जेष्ठ २०८१