अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिताको पहिलो दिन कायक स्प्रिन्टमा प्रतिस्पर्धा


टुरिजम पाना काठमाडाैं । ११ मंसिर २०७९
NARA competition white water challange 2022

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को आयोजनामा आइतबारबाट सुरु भएको २० औं अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगितामा पहिलो दिन कायक स्प्रिन्टमा प्रतिस्पर्धा भएको छ ।

प्रतिस्पर्धामा नेपालसहित जापान, भारत, फ्रान्सलगायतका देशका ३३ जना प्रतियोगी सहभागी भएका छन् । आजको खेल त्रिशुली नदीको फिस्लिङमा गरिएको नाराका उपाध्यक्ष शिशिर खनालले जानकारी दिए ।

प्रतियोगितामा निर्णायकले दिने प्वाइन्टको आधारमा अन्तिम दिनमा उत्कृष्ट प्रतिस्पर्धी छनोट गरेर नतिजा सार्वजनिक गरिने खनालले बताए ।

NARA competition white water challange 2022

प्रतियाेगितामा ४ खेल समावेश गरिएकाे छ ।

प्रतियोगिताअन्तर्गत सोमबार कायक बोटर क्रसेस र अन्तिम दिन मंगलबार कायक डाउन रिभर रेस र र्याफ्टिङ डाउन रिभर रेसमा प्रतिस्पर्धा हुने नाराले जनाएको छ ।

नेपालमा यो प्रतियोगिता सन् २००२ देखि हुँदै आएको छ । यसले नेपालको साहसिक खेल पर्यटनको प्रवद्र्धनमा टेवा पुर्याउने र र्याफ्टिङ गाइड तथा जल खेलाडीहरुलाई थप दक्ष बनाउन सहयोग पुग्ने विश्वास नाराको छ ।NARA competition white water challange 2022 kayaking

NARA competition white water challange 2022

NARA competition white water challange 2022

त्रिशूलीमा अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिता शुरू

११ मंसिर २०७९