त्रिशूलीमा अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिता शुरू


टुरिजम पाना काठमाडाैं । ११ मंसिर २०७९
trishuli rafting white water challange
फाइल तस्वीर

नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को आयोजनामा आइतबारबाट २० औं अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिता शुरु भएको छ ।

हिमालयन ह्वाइटवाटर च्यालेन्ज नाम दिइएको खेलकुद प्रतियोगिता मंगलबारसम्म त्रिशूली नदीमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा कायक डाउन, रिभर रेश, कायक सेलम, बोस्टर क्रस र फ्रि स्टाइन कायाकिङ खेल हुनेछन् । यसमा करिब ५ सय खेलाडी सहभागी हुने नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

नेपालको जल पर्यटनको प्रवद्र्धन गर्न, जलयात्रा व्यवसायमा संलग्न व्यवसायी र खेलाडीको सीप तथा दक्षता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नाराले जनाएको छ ।

नेपालको पर्यटनको प्रमुख स्रोतमध्येको साहसिक जलपर्यटनको विकास र विस्तारका लागि सन् २००२ देखि नै नाराले उक्त प्रतियोगिता आयोजना गर्दै जानकारी दिएको छ ।

त्रिशूलीमा अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगिता हुने

११ मंसिर २०७९