महिलाहरुलाई निःशुल्क ट्रेकिङ गाइड तालिमको अवसर


टुरिजम पाना काठमाडाैं । ८ मंसिर २०७९
trekking guide
फाइल तस्वीर : समिक्षा चाैधरी

महिलाहरुलाई निःशुल्क ट्रेकिङ गाइड तालिम खुलेको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले ५० जना महिलाका लागि निःशुल्क ट्रेकिङ गाइड तालिमको लागि दरखास्त आव्हान गरेको हो ।

ट्रेकिङ गाइडका लागि ५० जना महिलालाई ३५ दिने तालिम दिन लागिएको हो ।

तालिमका लागि कम्तिमा प्लस टु उत्तीर्ण वा एसईई उत्तीर्ण भई ट्रेकिङको अनुभव भएको हुनुपर्ने छ । तालिम लिन इच्छुक महिलाले मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

trekking guide training

८ मंसिर २०७९