अचार घरमा ‘मेक योर ओन सेलरोटी’ आयोजना


टुरिजम पाना काठमाडाैँ । १४ कार्तिक २०८१
सेलराेटी

अचार घरले तिहार लक्षित ‘मेक योर ओन सेलरोटी’ कार्यक्रमको आयोजना गरेको छ । जस अन्तर्गत कमलपोखरी स्थित अचार घरमा आउने ग्राहकले निशुल्क रूपमा एउटा सेलरोटी बनाएर आफैले लान पाउने व्यवस्था गरिएको अचार घरका प्रबन्धक अभिनास श्रेष्ठले जनाएको छ ।

‘हामीले तिहारलाई लक्षित गर्दै खुसी आदान प्रदान गर्नुका साथै नेपाली संस्कार र मौलिकता जोगाउने हिसाबले यो कार्यक्रम आयोजना गरेका छौँ,’ उनी भन्छन् ‘हामीले ग्राहकहरूबाट राम्रो प्रतिकृया पाइरहेका छौँ ।’

अचार घर

उक्त कार्यक्रम कात्तिक १० गतेदेखि सुरु भएको हो भने कात्तिक १७ गतेसम्मका लागि सञ्चालनमा रहने श्रेष्ठले जानकरी दिए । उनका अनुसार, ग्राहकले सेलरोटी अर्डर समेत गर्न सकिने व्यवस्था गरिएको छ ।

अचार घर

बिक्रम संवत् २०७५ देखि सञ्चालनमा आएको अचार घरको मुख्य विशेषता नै नेपाली खाना र अचार रहेको श्रेष्ठले जानकारी दिए । ‘हामीले हरेक खाना वा खाजासँगै आठ थरीको अचार पनि दिने गरेका छौँ । हाम्रो ग्राहक भनेकै घरको असली नेपाली खाना र अचार पारखीहरू हुन्,’ खउनी भन्छन् ‘यस बाहेक हाम्रो सिग्नेचर कक्टेल (अचार र रक्सीको मिश्रण) पनि ग्राहकहरूको मुख्य रोजाइमा परेको छ ।’

१४ कार्तिक २०८१