आईकाओले तोकेको मादपण्डको पालना नगर्दा हवाई यात्रा असुरक्षित


टुरिजम पाना काठमाडौं । १४ माघ २०७९

अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ) ले तोकेका मादपण्डको पालना गर्न नसक्दा नेपालमा हवाई दुर्घटना बढेको बिज्ञहरुले बताएका छन् ।

संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै बिज्ञहरुले आईकाओले निर्दिष्ट गरेका मापदण्डहरुको पूर्ण पालना गर्न नसकेकै कारण हवाई यात्रा असुरक्षित बनेको बताएका हुन् ।

दक्ष जनशक्तिको व्यवस्थापनमा पनि नेपाल हवाई सेवा प्रदायक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने पनि उनीहरुले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरुको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए ।

बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाइन्सका पूर्व इन्जिनियर डाइरेक्टर अच्युतराज पहाडी लगायत सहभागी थिए ।

१४ माघ २०७९