सरकारले ताेक्याे दुई अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक


टुरिजम पाना काठमाडौं । १९ फाल्गुन २०७९
फाइल तस्वीर

दुई अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रबन्धक तोकेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारीलाई जिम्मेवारी दिइएको हो ।

साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी हंशराज पाण्डेलाई दिइएको छ ।

तिवारी यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा उपमहानिर्देशक थिए।

हंशराज भने यसअघि एभिएशन सर्भिसेज निर्देशनालयमा उपमहानिर्देशक रहेका थिए।

१९ फाल्गुन २०७९