जानकी मन्दिरमा मन्दिरको परिसरमा कुनै पनि कार्यक्रम गर्नमा रोक लगाइएको छ ।
आगामी चैत १ गतेदेखि लागु हुने गरी मन्दिरको आयोजनामा हुने धार्मिक तथा सांस्कृति कार्यक्रम बाहेक अन्य कुने कार्यक्रम गर्नमा निषेध गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले टुरिजम पानालाइ बताए ।
प्रजिअ दाहालको अध्यक्षतामा भएको सर्वपक्षीय वैठकवाट यस्तो निर्णय गरिएको उनले बताए ।