ट्रावलिटी नेपालले ‘एटिक इन होटल्स एण्ड रिजोर्ट्स् ब्रान्ड’ सञ्चालनमा ल्याउँदै


टुरिजम पाना काठमाडौं । ३१ भाद्र २०८१

ट्रावलिटी नेपालले एटिक इन होटल्स एण्ड रेसोर्ट्स ब्रान्ड सञ्चालनमा ल्याउने भएको छ । नेपालमा होटलको बुकिङ र व्यवस्थापन सम्बन्धी तालिम दिने तथा व्यवस्थित डिजिटल पब्लिसिटी गर्ने काम गर्दै आएको ट्राभलिटी नेपालले अहिले एटिक इन नामको ब्राण्डलाई नेपालमा स्थापित गरेको हो ।

सेप्टेम्बर १७ मंगलबार गौशलाको होटल राईनमा एक औपचारिक कार्यक्रम सहित उक्त रिसोर्ट सञ्चालनमा ल्याइनेछ भने सो कार्यक्रममा पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेका साथै पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, टान, हान लगायतका संस्थाको प्रतिनिधीहरूको विशेष उपस्थिती रहने आयोजकले जनाएको छ ।

यस्तै तारे स्तरका सबै होटलहरु लगायत टुरिष्ट सेन्टरको व्यवस्थापन गर्ने र बिस्तारै मध्यम वर्गका होटलहरुलाई पनि एटिक इन होटल एण्ड रिजोर्डस ब्राण्डमा ल्याउने र होटलहरुलाई व्यवस्थित गर्ने लक्ष्य रहेको ट्रावलिटी नेपालले जनाएको छ ।

एटिक इन ब्राण्डअन्तर्गतका सेग्मेन्ट मध्ये एटिक इन एक्सप्रेसले टुरिष्ट स्टेन्डरका होटलहरुको व्यवस्थापन गर्ने, तारे होटलहरुलाई व्यवस्थापन गर्ने, फ्रेन्चाइजी मोडलमा नेपालका होटलहरुलाई व्यवस्थापन गर्ने, सफ्टवेर दिने सेन्ट्रल रिजरवेशन सेन्टर (सिआरएस) को माध्यमबाट होटलको बुकिङलाई बढाउने र व्यवस्थापन गर्नुका साथै त्यसको मार्केटिङ गर्ने र कष्टमर सर्भिस दिने काम गर्छ ।

यस्तै, केही समयपछि नेपालमा पहिलोपटक बेस्टवेस्टन ब्राण्ड पनि ल्याउने योजना रहेको ट्रावलिटी नेपालका स्ट्राटेजिक अफिसर सोम सापकोटाले जानकारी दिए । ‘आगामी दिनमा नेपालमा बेस्टवेस्टन ब्राण्ड पनि ल्याउने योजनामा छौँ । जसलाई तिलगङ्गामा होटल राइन एण्ड इबर्डस्लाई कन्भर्ट गरेर अक्टोवरको पहिलो हप्तामा लञ्च गर्ने तयारी छ । नेपालमा पहिलोपटक १९९३ मा आउन खोजिरहेको ब्राण्डलाई यही ट्रावलिटी नेपालकै प्रयासबाट यसलाई लन्च हुँदैछ । बेस्टवेस्टन प्लस अर्थात बेस्टवेस्टन भन्दा पनि माथि फो स्टार लेवलका कष्टमरहरुलाई सेवा दिने हिसाबले यो नेपालमा लन्च हुन लागेको हो’ उनले भने ।

३१ भाद्र २०८१