कुन्मिङ–काठमाडौं फेरि नियमित उडान गर्दै चाइना इस्टर्न


टुरिजम पाना संवाददाता काठमाडौ । २५ श्रावण २०८०

चाइना इस्टर्नले कुन्मिङ–काठमाडौं फेरि नियमित उडान गर्ने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार आगामी सोमबार (अगस्ट १४) देखि चाइना इस्टर्नले सातामा एक उडान गर्ने भएको हो।

एयरलाइन्सले कोभिडअघि सातामा ७ वटा उडान गर्दै आएको थियो।

कोभिड नियन्त्रणमा आएपछि भने एयरलाइन्सले कार्गो उडान मात्र गर्दै आएको प्राधिकरणले जनाएको छ।

यससँगै नेपाल–चीन दुईतर्फी उडान गर्ने वायुसेवाको संख्या ६ पुग्नेछ।

 

२५ श्रावण २०८०