प्रत्येक बर्ष मंसिर महिनाको कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी पर्वको अवसरमा पशुपति लगायतका विभिन्न ठाउँमा सतबिज छर्नेको भीड लागेको छ ।
आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्गा कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा सतबीज छरिन्छ ।
पछिल्लो वर्ष दिवंगत भएका आफन्तको चीर शान्ति, मंगल र पुण्यको कामना गरी वन क्षेत्रमा शतबीज छर्ने चलन रहँदै आएको छ ।
हेरौं पशुपति क्षेत्र पुगेर टुरिजमपानाका लागि लक्ष्मण राज अधिकारीले कैद गरेका केहि तस्वीरहरु :