काठमाडौं ८ मा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पराजीत


टुरिजम पाना काठमाडौं । ७ मंसिर २०७९

प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका वर्तमान सरकारका संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठले पराजय भोगेका छन् ।

काठमाडौं क्षेत्र नं ८ बाट गठबन्धनका् तर्फबाट उम्मेदवार रहेका श्रेष्ठले पराजय भोगेका हुन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ १० हजार १०५ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । भने पर्यटमन्त्री श्रेष्ठले ४ हजार ८७७ मत पाए ।

७ मंसिर २०७९