बाँके-२ बाट पर्यटन व्यवसायी राणा विजयी


टुरिजम पाना काठमाडौं । ७ मंसिर २०७९
Dhawal Shumshere Rana

बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा पर्यटन व्यवसायी डा धवल शमशेर राणा (जबरा) विजयी भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उम्मेदवार रहेका राणा२९ हजार ५७७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद इश्तियाक राईले २३ हजार ५२० मत पाए ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत पाए । प्रसिद्ध पर्यटन व्यवसायी रहेका उनको नेपालगञ्जमा बाटिका होटल र बर्दिया राष्ट्रिय निकुञ्जमा रोयल एडभेञ्चर रिसोर्ट समेत रहेको छ ।

७ मंसिर २०७९