गोरखा– १ बाट निर्वाचित भए पर्यटन व्यवसायी बजगाई


टुरिजम पाना गोरखा । ७ मंसिर २०७९
Rajendra bajgai

गोरखा – १ को प्रतिनिधिसभातर्फ पर्यटन व्यवसायी राजेन्द्र बजगाई निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका बजगाईले नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ मतान्तरले पराजित गरेका हुन् । बजगाईँले ३३ हजार ४२८ मत पाउँदा बस्नेत १६ हजार ७८५ मत प्राप्त गरे ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘ खुल्ला राजनीति, लोकतन्त्र स्थापनार्थ आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीद र अहोरात्र दुःख गर्ने सबै तह र वर्ग प्रति हार्दिक आभार प्रकट गर्दछु। म ऋणी छु।’

विगत २७ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध रहेका बजगाई ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का पूर्व महासचिव समेत रहेका थिए । काठमाडौंको बालुवाटारमा निर्माणाधिन ‘वर्णबास म्युजियम होटल’ सहित बजगाईको पर्यटन व्यवसायमा थुप्रै लगानी रहेको छ ।

७ मंसिर २०७९