लमजुङबाट पर्यटन व्यवसायीद्वय गुरुङ र पौडेल विजयी


टुरिजम पाना लमजुङ । ८ मंसिर २०७९
bhes bahadur paudel

लमजुङबाट प्रदेश सभा सदस्य उम्मेदवार रहेका पर्यटन व्यवसायीद्वय डा. टकराज गुरुङ र भेष बहादुुर पौडेल विजयी भएका छन् ।

सत्ता गठबन्त्रनको तर्फबाट लमजुङ प्रदेश सभा (क) मा उम्मेदवार रहेका डा. टकराज गुरुङ र (ख) मा उम्मेदवार रहेका भेष बहादुुर पौडेल दुबै विजयी भएका हुन् । गुरुङले एमालेका जमिन्द्र मान घलेलाई पराजीत गर्दा पौडेलले एमालेका कृष्‍णप्रसाद अधिकारीलाई पराजीत गरे ।

कांग्रेसका गुरुङले १८ हजार ५०४ मत पाउँदा एमालेका घलेले १७ हजार ३४३ मत पाए । त्यस्तै कांग्रेसका पौडेलले १९ हजार ५५७ मत पाउँदा एमालेका अधिकारीले १८ हजार ८०३ मतमा सिमित रहे ।

उद्योग वाणिज्य संघ लमजुङ शाखाका पूर्व अध्यक्ष पौडेलको लमजुङको वेशीशहरमा गेटवे हिमालय रिसोर्टका सहितका पर्यटन सम्वद्ध व्यवसायमा आवद्ध छन् । गुरुङले लमजुङको पाउँदीमा होटल सञ्चालन गरिरहेका छन् ।

८ मंसिर २०७९