टानको सिइओमा सेढाईं नियुक्त


टुरिजम पाना काठमाडौं । ८ मंसिर २०७९
TAAN New CEO Ramchandra Sedhai

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले लामो समयदेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गरेको छ ।

टानको सिइओ छनौट गर्न गठित पदपूर्ति समितिको सिफारिसमा गोरखाका रामचन्द्र सेढाईंलाई नियुक्त गरेको हो । टानको कार्यसमितिले बुधवारदेखि लागू हुनेगरी सेढाँईलाई करार सेवामा सिइओ नियुक्त गरेको टानले जनाएको छ ।

नवनियुक्त सिईओ सेढाईं नेपाल वातावरण तथा दिगो पर्यटन विकास केन्द्रका संस्थापक, अध्यक्ष तथा कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका छन् ।

टानको हरेक कार्य तथा योजनालाई प्रभावकारी बनाउनका लागि नयाँ कार्यसमिति चयन भएसँगै सिईओ नियुक्त गरिएको बताईएको छ ।

८ मंसिर २०७९