आइएमई समूहले लियो ‘होटल ले हिमालयन’


टुरिजम पाना काठमाडाैं । ८ मंसिर २०७९
hotel le himalaya

आइएमई समूहले काठमाडाैंकाे लाजिम्पाटमा रहेकाे ‘होटेल ले हिमालय’ लिएको छ ।

होटल ले हिमालयनले ग्राहकहरुलाई पाँच तारे होटल स्तरको सेवा प्रदान गरिरहेको बेस्ट रिसोर्ट नेपाल हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत अभिषेकविक्रम शाहले जानकारी दिए ।

काठमाडाैं घुम्न तथा व्यवसायिक कामले आउने बाह्य तथा आन्तरिक पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको उनको भनाइ छ ।

५० वटा कोठा तथा एउटा सभा हल भएको होटल ले हिमालय थ्री स्टार स्तरको होटल हो । होटलको सभा हलको क्षमता १५० जना भन्दा बढी रहेको छ । होटलभित्र रेस्टुरेन्ट र बार रहेको छ ।

काठमाडौं उपत्यकाको मध्य भागमा रहेको होटल ले हिमालयमा पार्किङ, सभा हल, रेस्टुरेन्टको राम्रो सुविधा रहेकाले व्यवसायिक भेटघाट, बैठक, सेमिनार, तालिम, गोष्ठि, पार्टी आयोजना गर्न उपयुक्त लोकेसन हुने भनाइ सिइओ शाहको छ ।

आइएमई समूहले यसअघि चन्द्रागिरी हिल्स रिसोर्ट र पोखरामा लेकसाइड रिट्रिट रिसोर्ट लिएको थियो ।

८ मंसिर २०७९