क्षेत्रीय होटल संघ बन्दिपुर बजार इकाइ समितिको अध्यक्षमा फुलमती थापा चयन भएकी छन् । क्षेत्रीय होटल संघ बन्दिपुर बजार इकाइका अध्यक्ष संगिता प्रधानको अध्यक्षतामा सम्पन्न १४ औं साधारणसभा तथा ७औ अधिबेशनले समितिको नयाँ कार्यसमिति चयन गरेको हो ।
यसअघि बन्दिपुर पर्यटन विकास समितिकी कोषाध्यक्ष समेत रहेकी थापा इकाई समितिको अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।
समितिको उपाध्यक्षमा सुजन श्रेष्ठ, कोषाध्यक्षमा सन्तोष प्रधान चयन भएका छन् । यस्तै सदस्यहरूमा शशी रुपाखेती, सरस्वती श्रेष्ठ, लक्ष्मी लामा, प्रमिला सुनार, अनिल प्रजापती र सूर्य ढकाल चयन भएका छन् ।