नयाँ वर्षको दिन बन्दिपुरको होटलमा १ रुपैयाँमै रुम !


टुरिजम पाना बन्दिपुर । २२ चैत्र २०७९
Bandipur__tourism destination in nepal
फाइल तस्वीर

बन्दिपुरमा नयाँ वर्ष (वैशाख १) को दिन होटलहरूका पहिलो पाहुनालाई एक रुपैयाँमै रुम दिइने भएको छ ।

नयाँ वर्षमा त्यहाँका होटलहरूले एक रुपैयाँमै रुम चेक इन गर्न दिने भएको हो ।

‘पहाड की रानी’ उपनामले परिचित बन्दिपुर पर्यटकहरूका लागि निकै नै लोकप्रिय गन्तव्य हो ।

त्यहाँ पुगेका पाहुनाहरूलाई नयाँ वर्षको दिन जुनसुकै होटलमा पहिले चेक इन गरेमा एक रुपैयाँमै रुम उपलब्ध गराइने बन्दिपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेल जानकारी दिए ।

अन्य पाहुनाहरूलाई पनि होटलहरूले विभिन्न किसिमका अफरहरू सार्वजनिक गरेको उनको भनाइ छ ।

 

२२ चैत्र २०७९