सिद्ध गुफा भित्रै बस्यो बन्दिपुर गाउँपालिकाको बैठक, माघमा महोत्सव गर्ने निर्णय


टुरिजम पाना संवाददाता बन्दीपुर । ९ आश्विन २०८०

बन्दीपुर गाउँपालिकाले कार्यपालिका बैठक प्रसिद्ध पर्यटकीय स्थल सिद्धगुफामा सम्पन्न गरेको छ ।

गाउँपालिकाले पर्यटकीय स्थल सिद्ध गुफामा कार्यपालिकाको तेस्रो बैठक सम्पन्न गरेको हो ।

बैठकले आगामी माघ ११ गते सिद्धगुफा महोत्सव गर्ने निर्णय समेत गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको सचिवालयले जनाएको छ ।

गुफाको करिब २०० मिटर भित्र गएपछि बढेमानको बैठक कोठा जस्तै भाग छ । सोही ठाउँमा विभिन्न संस्थाले गुफाको प्रबद्र्धन गर्न बैठक, टेवलटेनिस प्रतियोगीता तथा साहित्य सम्मेलन जस्ता गतिविधि गर्ने गरेका छन् । गाउँ कार्यपालिकाको बैठक सोही ठाउँमा बसेको हो ।

यस्तो छ सिद्ध गुफाको महत्व

नेपालकै ठूलो दाबी गरिएको यो गुफाले यहाँ पुग्ने जोसुकैलाई दंग बनाउँछ । गुफाको प्रवेशद्वारमा पुग्ने बित्तिकै भित्रबाट आउने चिसो हावाले पैदल यात्राको सबै दुःख भुलाउँछ ।

गुफामा समय समयमा साधुहरू आएर पूजापाठ तथा साधना गरी बस्ने गरेका छन् । शिव भगवानको विशेष पूजा गरिने गुफामा श्रावण महिनामा बोलबमको मेला समेत लाग्ने गर्छ ।

गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौं आकृति हेर्न लायक छन् । कतै श्रीपेच कतै भगवानको मूर्ति त कतै चराचुरुङ्गी र जनावरका आकृति भेटिन्छ । गुफाको करिब २०० मिटर भित्र गएपछि बढेमानको बैठक कोठा जस्तै भाग छ । सोही ठाउँमा विभिन्न संस्थाले गुफाको प्रबद्र्धन गर्न बैठक, टेवलटेनिस प्रतियोगीता तथा साहित्य सम्मेलन जस्ता गतिविधि गर्ने गरेका छन् ।

गुफामा चमेराहरु प्रशस्तै छन् । घामको प्रकाश नहुने भएकोले केही भागमा छिपछिपे पानी भएपछि लेउ नलाग्ने भएकोले चिप्लो भने छैन । करिब ५०० मिटर हिडेपछि गुफाको आकार झनै ठूलो छ । भर्‍याङको सहायताले तल झरेपछि सबैभन्दा फराकिलो ठाउँ पुगिन्छ । जहाँ सहासिक खेल र्‍यापलिङ (अध्यारो गुफा भित्रको भिरमा डोरीको सहायताले माथिबाट तल झर्ने खेल) समेत गरिन्छ । ९६ मिटर अग्लो भिरमा र्‍याप्लीङ शुरू गरिएको एक दशक भइसकेको छ । आफूले आवश्यक सामाग्री लगेर शिद्ध गुफा विकास समितिको अनुमतीमा र्‍याप्लीङ गर्न सकिन्छ ।

प्रकृतिसँगकाे सुहागरात !

सिद्ध गुफा

९ आश्विन २०८०