English language
한국어 (Korean)
lengua española (Spanish)
中文 (Chinese)
हिन्दी भाषा (Hindi)
日本語 (Japanese)
langue française (French)
बन्दिपुर पुगिसकेपछि छुटाउनै नहुने ठाउँ हो शिद्ध गुफा । नेपालकै ठूलो दाबी गरिएको यो गुफाले यहाँ पुग्ने जोसुकैलाई दंग बनाउँछ । गुफाको प्रवेशद्वारमा पुग्ने बित्तिकै भित्रबाट आउने चिसो हावाले पैदल यात्राको सबै दुःख भुलाउँछ ।
गुफामा समय समयमा साधुहरू आएर पूजापाठ तथा साधना गरी बस्ने गरेका छन् । शिव भगवानको विशेष पूजा गरिने गुफामा श्रावण महिनामा बोलबमको मेला समेत लाग्ने गर्छ ।
गुफाभित्र चुन ढुङ्गा पग्लेर बनेका अनेकौं आकृति हेर्न लायक छन् । कतै श्रीपेच कतै भगवानको मूर्ति त कतै चराचुरुङ्गी र जनावरका आकृति भेटिन्छ । गुफाको करिब २०० मिटर भित्र गएपछि बढेमानको बैठक कोठा जस्तै भाग छ । सोही ठाउँमा विभिन्न संस्थाले गुफाको प्रबद्र्धन गर्न बैठक, टेवलटेनिस प्रतियोगीता तथा साहित्य सम्मेलन जस्ता गतिविधि गर्ने गरेका छन् ।
गुफामा चमेराहरु प्रशस्तै छन् । घामको प्रकाश नहुने भएकोले केही भागमा छिपछिपे पानी भएपछि लेउ नलाग्ने भएकोले चिप्लो भने छैन । करिब ५०० मिटर हिडेपछि गुफाको आकार झनै ठूलो छ । भर्याङको सहायताले तल झरेपछि सबैभन्दा फराकिलो ठाउँ पुगिन्छ । जहाँ सहासिक खेल र्यापलिङ (अध्यारो गुफा भित्रको भिरमा डोरीको सहायताले माथिबाट तल झर्ने खेल) समेत गरिन्छ । ९६ मिटर अग्लो भिरमा र्याप्लीङ शुरू गरिएको एक दशक भइसकेको छ । आफूले आवश्यक सामाग्री लगेर शिद्ध गुफा विकास समितिको अनुमतीमा र्याप्लीङ गर्न सकिन्छ ।
गुफामा देवरबाबु, यतिको खोजी, लाखे भाजु लगायत दर्शनौं फिल्मको सुटिङ समेत गरिएको छ । फाइट सिन लगायत रहस्मयी सिन खिच्न गुफा उत्कृष्ट रहेको छाँयाकारहरू सुसन प्रजापति बताउँछन् ।
वि.सं. २०४४ चैत १३ गते (सन १९८८ मार्च २६) मा स्थानीय चन्द्र बहादुर थापामगर, दुर्गाबहादुर थापामगर, नरबहादुर थापामगर र तात्कालीन नोट्रेडेम उच्च माध्यमिक विद्यालय बन्दीपुरका शिक्षक भारतीय नागरिक वारेन्ट क्वाड्रस समेत ४ जनाको समूहद्वारा पहिलो पटक यो गुफा पत्ता लागेको थियो ।
पुरात्वविद्का अनुसार प्राकृतिक बनावट, भौगोलिक उथलपुथल र जीवन सुरक्षाका लागि प्राग ऐतिहासिक कालीन मानवद्वारा निर्मित, धार्मिक एवं ऐतिहासिक पुरातात्विक महत्वको यो गुफा अन्दाजी ३५ सय वर्ष पुरानो मानिएको छ ।
साहसिक पर्यटन प्रेमीलाई लक्षित गर्दै ‘केभ लज’को अवधारणामा गुफालाई विकास गर्न सकिने उद्देश्यका साथ केही वर्षअघि केही युवाको समूहले क्याम्पिङ टेन्टमा गुफाभित्रै रात बिताएको थियो ।
कसरी पुग्ने ?
बन्दिपुर बजारबाट उत्तर पूर्व केही माथि गएपछि करिब १० मिनेटमा गुम्बा पुगिन्छ । गुम्बाको आडैमा गुफा झर्ने नागबेली बाटो छ । करिब एक घण्टा ओरालो झरेपछि गुफा पुग्न सकिन्छ ।
त्यस्तै पृथ्वी राजमार्गको विमलनगरबाट जाँदा उकालो बाटो छ । विमलनगरबाट करिब १ किलोमिटर माथिसम्म आफ्नै सवारी साधनमा जान सकिन्छ । त्यहाँबाट करिब ४५ मिनेट उकालो बाटो हिँडेर गुफा पुग्न सकिन्छ ।
हरियाली सुन्ताला बगैंचा हुँदै उकालो लाग्दा बाटोमा थकाई मार्ने पाटी पनि भेटिन्छन् । जति माथि चढ्दै गयो मर्स्याङ्दी उपत्यका, डुम्रे र विमलनगर बजारको दृश्यले त्यति नै मोहित बनाउँछ ।
शिद्ध गुफा विकास समितिले गाइडको पनि व्यवस्था गरेको छ । गाइड लिएर गएमा थप शुल्क लाग्छ । गुफा अध्यारो हुने भएकाले चहकिलो टर्च लाइटको आवश्यकता पर्दछ । समितिले नेपालीका लागि ५० रुपैयाँ र विदेशी नागरिकका लागि १०० रुपैयाँ प्रति व्यक्ति प्रवेश शुल्क लिने गरेको छ ।
यस्तै एक जनादेखि १० जनासम्म पर्यटकका लागि २ सय रुपैयाँ शुल्क लिएर टर्च लाइट र गाइड उपलब्ध गराउँदै आएको समितिका अध्यक्ष लाल कुमार श्रेष्ठ बताउँछन् । बिहान ८ देखि साँझ ५ बजेसम्म विकास समितिले तोकेको गाइडहरू उपलब्ध हुन्छन् ।
गुगल नक्सा:
https://maps.app.goo.gl/uf4TRXQskC7Cm5fj9
फोटो ग्यालरी:
बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:
थानीमाईबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल)बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
विन्ध्यवासिनी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
पद्म पुस्तकालयबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
खड्गदेवी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
पातलेद्वार गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
पहाड पानीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
सहिद स्मारक पार्कबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
Bandipur Boudha Gumba बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
रक क्लाइम्बिङ्बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
भुत्यायी बराह मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
तीन धाराबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
रामकोट गाउँबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
चन्द्रकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
हुस्लाङकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।