रक क्लाइम्बिङ्


English language

한국어 (Korean)

lengua española (Spanish)

中文 (Chinese)

हिन्दी भाषा (Hindi)

日本語 (Japanese)

langue française (French)

पृथ्वी राजमार्गमा हुइँकिदै गर्दा तनहुँको बन्दिपुर गाउँपालिकाभित्र पर्ने विमलनगर आइपुगेपछि गाडीभित्रैबाट रक क्लाइम्बिङ गरिरहेको दृश्य देख्न सकिन्छ । चुनढुंगाले बनेको ठूलो पहरामा ड्रिल गरेर डोरी झुण्ड्याउने व्यवस्था गरिएको छ । त्यही डोरीको साहरामा साहसिक पर्यटनप्रेमीहरू आएर छेपारो घिस्रेको शैलीमा चट्टानहरू उक्लन्छन् ।

कतिपय पर्वतारोहीहरू हिमाल आरोहण गर्नुभन्दा अगाडि ‘वार्म अप’का लागि यहाँ रक क्लाइम्बिङका लागि आउने गरेका छन् भने कतिपयले आफ्नो एड्भेञ्चर शौख पूरा गर्न पनि आउने गरेका छन् ।
साहसिक खेलाडीहरू मात्र नभई विद्यार्थी एवम् युवा पुस्ता रक क्लाइम्बिङको थ्रिल महशुस गर्न विमलनगर आइपुग्छन् । हालसम्म १२ वर्ष उमेरदेखि ६० वर्ष उमेर समूहकाले रक क्लाइम्बिङ गरेको रेकर्ड छ ।

रक क्लाइम्बिङ गाइडको सहायतामा गरिन्छ । सामान्यतया साहसिक खेलाडीहरूलाई ७० मिटरको रक क्लाइम्बिङका लागि औषतमा साढे २ घन्टा लाग्छ ।
आफू अनुभवि गाइड र सामाग्रीहरू (हेल्मेट, हार्नेस, डोरी लगायत उपकरण) साथमा लिएर गएको अवस्थामा तत्कालै रक क्लाइम्बिङ गर्न सकिन्छ ।

यहाँ रक क्लाइम्बिङका लागि २९ वटा रुट निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा लामो रुट ७० मिटरको रहेको छ । त्यसबाहेक ६५ मिटर, २५ मिटरको रुट छन् ।

पछिल्लो समय विमलनगरमा रक क्लाइम्बिङ प्रतियोगिता समेत हुने गरेको छ । देश विदेशका साहसिक पर्यटकहरू रक क्लाइम्बिङ प्रतियोगितामा सहभागी हुन आउने गरेका छन् । जसले विमलनगरमात्र नभई समग्र बन्दिपुर र मुलुकको साहसिक पर्यटनलाई नै टेवा पुर्‍याइरहेको छ ।

शिद्ध गुफा पर्यटन विकास समितिका अध्यक्ष लाल कुमार श्रेष्ठले रक क्लाइम्बिङका लागि गाइडको व्यवस्था गर्दै आइरहेका छन् । आफ्नो गाइड नभएको अवस्थामा कम्पनीलाई केही दिन अघि नै सम्पर्क (९८४६०२८२९८) गरि गाइड तथा क्लाइम्बिङका लागि आवश्यक सामाग्रीको व्यवस्थापन गर्न सकिन्छ ।

गुगल नक्सा:

https://maps.app.goo.gl/Yj5VrTyT5E4j8kqa7

फोटो ग्यालरी:

बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:

https://tourismpana.com/bandipur-thanimai-mandir/

https://tourismpana.com/mani-mukundeswori-marga-mini-grate-wall/

https://tourismpana.com/bindhyabasini-mandir-bandipur/

https://tourismpana.com/padhma-library-bandipur/

https://tourismpana.com/bandipur-khadga-devi-temple/

https://tourismpana.com/bandipur-pataledwar-cave/

https://tourismpana.com/bandipur-pahad-pani/

https://tourismpana.com/bandipur-sahid-smarak-park/

https://tourismpana.com/bandipur-gumba/

https://tourismpana.com/bandipur-siddha-gufa/

https://tourismpana.com/bandipur-bhutyai-baraha-temple/

https://tourismpana.com/bandipur-tin-dhara/

https://tourismpana.com/bandipur-ramkot-village/

https://tourismpana.com/bandipur-chandrakot-gadhi/

https://tourismpana.com/bandipur-huslangkot-gadhi/

१७ बैशाख २०८०