खड्गदेवी मन्दिर


बन्दिपुर गाउँपालिका बन्दिपुर, तनहुँ । १७ बैशाख २०८०

English language

中文 (Chinese)

lengua española (Spanish)

日本語 (Japanese)

हिन्दी भाषा (Hindi)

한국어 (Korean)

langue française (French)

खड्गदेवी मन्दिर बन्दिपुरको पूरानो, ऐतिहासिक, पूरातात्विक महत्वको सम्पदा हो । सबैका साझा सांस्कृतिक सम्पदाकाको रुपमा सबै जातजाति बीचमा एकताको प्रतिकका रूपमा चिनिने खड्गदेवी मन्दिर बन्दिपुरबासीका इस्टदेवता हुन् । दुर्गादेवी शक्तिको रूपमा स्थापित खड्गदेवीलाई शक्तिपीठको प्रारुप लिइन्छ भने बन्दिपुर विद्यापीठको केन्द्रको रूपमा परिचित छ । खड्गदेवी मन्दिरको प्रतिष्थापनको बारेमा दुई प्रचलित भनाइ देखिन्छ ।

पहिलो भनाइ छ–पाल्पाली राजा मणि मुकुन्द सेन प्रथम देवीको भक्ति तथा तपस्यामा तल्लिन भए । उनले आफ्नो अन्तिम कालमा बन्दिपुरदेखि पश्चिम रहेको मुकुश डाँडामा आई तपस्या गरेका थिए । युगको १५ औं शताब्दिमा प्रख्यात राजा सेन तपस्या गरेको ऐतिहासिक स्थललाई मुकुन्देश्वरीको डाँडा पनि भन्ने चलन छ ।

उनले राज्य विस्तार गर्दा प्रयोग गरेका खड्गलाई भगवतिको शक्तिको रूपमा मानी प्रतिष्ठापन गरिएको हुँदा यो मन्दिरको नाम खड्गदेवी मन्दिर रहन गएको इतिहासमा उल्लेख छ । तनहुँका अन्तिम राजा हर कुमारदत्त सेनले मणि मुकुन्द सेनको खड्ग र तरबारलाई मुल देवी मानी बन्दिपुरमा प्रतिष्ठापन गरेका हुन् ।

तनहुँ राज्यका अन्तिम राजा हरकुमार दत्त सेन तनहुँसुरबाट लखेटिएर बन्दिपुर हुँदै देवघाटतर्फ लागेका थिए । देवघाटतर्फ जाने क्रममा उनीसँग रहेको उनको पिता/पुर्खा मणिमुकुन्द सेनको मूल तरबार (खड्ग) बन्दिपुरको एक भट्टराईको घर झप्रिफाँटमा छाडेर गए ।

पछि त्यो खड्गले विभिन्न रुप लिएर वितण्डा गरेको अवस्थामा त्यो खड्गबारे खोजीनीति गरियो । त्यसपछि त्यो खड्ग तनुहुँको राजाको हो भन्ने भयो । त्यसपछि मुल राजधानी तनहुँसुर दरवारमा फर्काउने कुरा भयो । तीन पटकसम्म तनहुँसुर दरबारमा ल्याउँदा पनि त्यो खड्ग झप्रीमै फर्किएको किंवदन्ती छ । त्यसपछि झप्रीमा नै खड्गद्वी मन्दिर स्थापना गरेर खड्गलाई स्थापना गरियो । पछि भने बन्दिपुरमा खड्गदेवी मन्दिर स्थापना गरि व्यवस्थित गरिएको छ । भगवान शिवको आर्शिवादले त्यो खड्ग त्यहाँ रहेको समेत उल्लेख गरिन्छ ।

दोस्रो भनाइ–नेपाल एकीकरण सवालमा वि.सं. १८३९ मा तनहुँ र लमजुङ राज्यलाई गोरखामा विलय भएपछि बन्दिपुरमा गोश्वारा अड्डाको स्थापना भयो । यसपछि बन्दिपुरमा बडाहाकिमको मुकामको साथै ब्यारेक पनि रहन थाल्यो । सो समयदेखि नै खड्गलाई भगवती शक्तिको रूपमा स्थापना गरि पूजा सञ्चालन गरिएको भन्ने किंवदन्ती पनि छ ।

यस मन्दिरमा फूलपातिको दिनमा खड्ग यात्रामा प्रयोग गरिने देवीको गहना वि.सं. १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा अंकित झल्लरमा उल्लेख छ । मन्दिरमा पूजाआजाका लागि वि.सं. १९१६ मा एक गुठीको स्थापना गरि सञ्चालन सुरू गरिएको नेपाल अधिराज्यमा तनहुँ नामक डिल्लीराम मिश्रको पुस्तकमा उल्लेख गरिएको छ ।

खड्गदेवी मन्दिरमा हरेक दशैंको फूलपातिका दिन विशेष मेला लाग्छ । मन्दिरको खड्गलाई बजारमा शोभायात्रा गरिन्छ । खड्ग शोभायात्रा गर्दा बन्दिपुरका सबै जातजातिका व्यक्ति सहभागी हुन्छन् । शोभायात्रामा हजारौंको संख्यामा उपस्थिति हुने गरेको मन्दिर व्यवस्थापन समितिले बताएको छ ।

मन्दिरमा पहिले ढुंगै ढुंगाबाट निर्माण गरिएको थियो । पछि राजा चन्द्र शमशेरको पालामा दरबार शैलीमा मन्दिर रुपान्तरण गरियो । अहिले भने त्यहाँ तामाको छाना राखिएको छ । मन्दिर बन्दिरपुर गाउँपालिका कार्यालयको छेउमै रहेको छ । बन्दिरपुर बजारबाट करिब २ मिनेटमै मन्दिर पुगिन्छ ।

कसरी पुग्ने ?

बन्दिपुर बजारको बीच भागबाट दुई मिनेट उत्तरतर्फ उक्लेपछि खड्गदेवी मन्दिर पुग्न सकिन्छ ।

गुगल नक्सा:

https://maps.app.goo.gl/fgMdnndFyUgQ3G5h8

फोटो ग्यालरी:

बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:

थानीमाईबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

थानीमाई मन्दिर

मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल)बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल)

विन्ध्यवासिनी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

विन्ध्यवासिनी मन्दिर

पद्म पुस्तकालयबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पद्म पुस्तकालय

पातलेद्वार गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पातलेद्वार गुफा

पहाड पानीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पहाड पानी

सहिद स्मारक पार्कबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

सहिद स्मारक पार्क

Bandipur Boudha Gumba बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

Bandipur Boudha Gumba

सिद्ध गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

सिद्ध गुफा

रक क्लाइम्बिङ्बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

रक क्लाइम्बिङ्

भुत्यायी बराह मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

भुत्यायी बराह मन्दिर

तीन धाराबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

तीन धारा

रामकोट गाउँबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

रामकोट गाउँ

चन्द्रकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

चन्द्रकोट गढी

हुस्लाङकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

हुस्लाङकोट गढी

 

 

१७ बैशाख २०८०