English language
हिन्दी भाषा (Hindi)
日本語 (Japanese)
한국어 (Korean)
lengua española (Spanish)
langue française (French)
中文 (Chinese)
वि.सं. २०५१/२०५२ सालमा बन्दिपुरको गुरुङ्चे डाँडामा थानीमाई मन्दिर स्थापना भएको हो । गुरुङ जाति आएर बसेको हुनाले यस डाँडालाई गुरुङ्चे डाँडा पनि भनिन्छ ।
एक समय राति करिब ८ बजेतिर एउटा ठूलो ज्वाला त्यो डाँडामा बसेको किंवदन्ती छ । यहाँ स्थानीय गणेशबहादुर भण्डारी, इन्द्रबहादुर भण्डारीले त्यो दृष्य देखेको बताइन्छ । तनहुँकै बसन्तपुरको थानीमाईबाट देवी आएको विश्वास छ ।
त्यसपछि गाउँलेले त्यस स्थानमा देवीको वास बसेको विश्वासका आधारमा मन्दिर बनाउने निधो गरिएको थियो । त्यतिखेर गाविस अध्यक्ष रवि भट्टराईलाई देउता बसाउने समितिको अध्यक्ष र स्थानीय गोवद्र्धन भट्टराईलाई सचिव बनाइयो । त्यसपछि त्यहाँ देउता बसाउने कुरा भयो । देउता बसाउनका लागि ज्योतिषलाई हेराइयो । हेराउने ज्योतिषले देवता भएको स्थान पत्ता लगाए । स्व. महेन्द्र लाल भूमि देवता स्थापना गर्दा देवता बसी ज्वाला आएको ठाउँ पत्ता लगाएर मूर्ति स्थापना गरिएको हो । उ बेला गाविसमा दिउँसो रुद्री, होमहोमादी गरियो र बेलुका सत्यनारायणको पूजा लगाइयो । त्यसको भोलिपल्ट फूलको माला, डोली लगायत डाँडामा लगियो र देवता स्थापना गरियो । त्यस देवतालाई पूज्नका लागि मगर जातीको पुजारी राख्नुपर्ने भयो । तल खड्गदेवी मन्दिरकै पुजारीलाई त्यहाँ पनि पुजारी बनाइयो ।
मन्दिरमा छानो राखिँदैन तर पाली भने राखिन्छ । अहिले पनि यस मन्दिरमा ढुंगाको पाली राखिएको छ भने छानो राखिएको छैन । यस मन्दिरमा छानो राख्न नहुने धार्मिक मान्यता रहेको छ । मन्दिर जाँदै गर्दा बाटोहरूमा आराम गर्नका लागि पाटीहरू राखिएको छ । मन्दिरबाट दक्षिणपटि महाभारत पर्वत, उत्तरतर्फ हिमाल, गोर्खा, लमजुङ जिल्लाका धेरै ठाउँ अवलोकन गर्न सकिन्छ ।
मन्दिर वरपर वृक्षरोपण गरिएको छ । सल्लाका रुखहरू त्यहाँ प्रशस्तै छन्, जसले त्यो डाँडाको शोभा बढाएको छ । थानीमाईको अर्थ स्थानीय देवता भन्ने हुन्छ । जहाँ थानी भनेको स्थानीय र माई भनेको देवी भएको जानकारहरू बताउँछन् ।
यस मन्दिरबारे एउटा अर्को किंवदन्ती पनि रहेको छ । एक क्यानडियन युवतीलाई बन्दिपुर घुमाउन एक नेपाली युवकले ल्याए । ती महिलाले
त्यहाँ पूजा गरेको, बाजागाजा गरेको अनौठो मान्दै तस्वीर खिचिन् । त्यसपछि उनले पूजाबारे उनले जिज्ञासा राखिछन् । साथमा रहेका ती युवकले पूजा गरेपछि मानिस धनी हुन्छ भन्ने विश्वासले पूजा गरिएको जानकारी दिएछन् । युवतीले क्यानडा पुगेर ती तस्वीरहरू बिक्रीका लागि राखिन् । तस्वीर निकै धेरै बिक्री भएपछि उनले प्रशस्त धन कमाएको र धनि भएको बताइन्छ । यस मन्दिरमा विशेषगरि कात्तिकको हरेक मंगलबार पूजा गरिन्छ ।
थानीमाई स्थापना हुनुपूर्व त्यस डाँडाको नाम पूरानो कोत थियो । डाँडामा मन्दिर स्थापना हुनु पहिले नै वृक्षरोपण गरिएको थियो । अहिले यो डाँडा बन्दिपुरको प्राकृतिक भ्युटावर बनेको छ ।
कसरी पुग्ने ?
बन्दिपुर बजारको पश्चिम थुम्कोमा रहेको थानीमाई पुग्न बजारबाट आधा घण्टा पैदल हिँड्नुपर्ने हुन्छ । बजारको प्रवेशद्वार नजिकै रहेको भानु माविबाट उकाली सुरू हुन्छ । ढुंगा छापेको सिँढी, असजिलो ठाउँमा समात्न रेलिङ र बीच बीचमा थकाइ मार्ने पाटी भएकाले माथि पुग्न खासै गाह्रो हुँदैन ।
गुगल नक्सा:
https://maps.app.goo.gl/cmcFRFp85MAWegmA9
के ख्याल गर्ने ?
माथि पसल/क्याफेहरू नभएकाले खानेपानी लिएर जाँदा राम्रो हुन्छ । सूर्योदय र सूर्यास्त हेर्नका लागि जाने भए मौसमअनुसार सूर्योदय र सूर्यास्तकोे समय अड्कलेर जानु राम्रो हुन्छ । प्राकृतिक भ्यु पोइन्ट भएकाले क्यामेरा र दूरबीन लिएर जाँदा उपयोगी हुन सक्छ ।
फोटो ग्यालरी:
बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:
मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल)बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
विन्ध्यवासिनी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
पद्म पुस्तकालयबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
खड्गदेवी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
पातलेद्वार गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
पहाड पानीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
सहिद स्मारक पार्कबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
Bandipur Boudha Gumba बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
सिद्ध गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
रक क्लाइम्बिङ्बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
भुत्यायी बराह मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
तीन धाराबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
रामकोट गाउँबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
चन्द्रकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
हुस्लाङकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।