पहाड पानी


English language

日本語 (Japanese)

한국어 (Korean)

lengua española (Spanish)

中文 (Chinese)

हिन्दी भाषा (Hindi)

langue française (French)

बन्दिपुर गाउँपालिकामा अवस्थित पहाडपानी परापूर्व कालमै निर्माण गरिएको पानीको पहराको फेदमा ढुंगा खोपेर कुवा भएको, पानी पिउने, लुगा धुने व्यवस्थित ठाउँ हो ।

बन्दिपुरमा खडेरी पर्दा गुङ्चे डाँडाको चमुण्डामाई र पहाडपानी महादेवको प्राथना गरिन्छ । प्राथना सकिएपछि घनघोर वर्षा हुने गरेको समेत बताइन्छ ।
भित्तामा प्वालहरू देखिन्छन् । पहिले काठहरू राखेर स्थानीय हिरा लाल प्रधानले पाटीपौवा बनाइएका हुन् । अहिले त्यहाँ रेलिङ सहितको पाटी निर्माण भएको छ । यहाँ एउटा पोखरी र त्यसको छेउमा शिवलिङ्ग स्थापना गर्ने तयारी भइरहेको छ । धार्मिक गन्तव्यको हिसाबले पहाडपानी देवीको रुपमा पूजाआजा गर्न सकिन्छ । गर्मी छल्न आउने पर्यटकलाई पनि यहाँ निकै शितल तथा आनन्द पाउन सकिन्छ ।

यहाँ हिन्दू धर्मावलम्बीको भगवान शिवको पनि मन्दिर र सीताको पाइला छ । अहिले संरक्षणका लागि पहाडपानीको छेउमा रेलिङ हालिएको छ ।
यो ठाउँको सौन्दर्य बढाउन टुँडिखेल क्षेत्रका बासिन्दाले पहाड पानीको तल्लो भागमा बाँध बाँधेर ताल बनाउने तयारी गरेका छन् ।

कसरी पुग्ने ?
बन्दिपुरको टुँडिखेल जाने बाटोमा पालिका जाने मोटरबाटोको नजिकै पुरानो बाङ्गीटेडीको बाटोको ओरालो झरेर ५ मिनेटको दुरी हिडे पछि तल खोँचमा रहेको छ पहाडपानी । टुँडिखेलबाट १० मिनेटमा जान सकिन्छ ।

गुगल नक्सा:

https://maps.app.goo.gl/EZXrNxJsTEbtrXFz8

फोटो ग्यालरी:

बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:

https://tourismpana.com/bandipur-thanimai-mandir/

https://tourismpana.com/mani-mukundeswori-marga-mini-grate-wall/

https://tourismpana.com/bindhyabasini-mandir-bandipur/

https://tourismpana.com/padhma-library-bandipur/

https://tourismpana.com/bandipur-khadga-devi-temple/

https://tourismpana.com/bandipur-pataledwar-cave/

https://tourismpana.com/bandipur-sahid-smarak-park/

https://tourismpana.com/bandipur-gumba/

https://tourismpana.com/bandipur-siddha-gufa/

https://tourismpana.com/bandipur-rock-climbing/

https://tourismpana.com/bandipur-bhutyai-baraha-temple/

https://tourismpana.com/bandipur-tin-dhara/

https://tourismpana.com/bandipur-ramkot-village/

https://tourismpana.com/bandipur-chandrakot-gadhi/

https://tourismpana.com/bandipur-huslangkot-gadhi/

१७ बैशाख २०८०