English language
हिन्दी भाषा (Hindi)
中文 (Chinese)
lengua española (Spanish)
한국어 (Korean)
日本語 (Japanese)
langue française (French)
तनहुँका रामप्रसाद खनालको नेतृत्वमा बन्दिपुरमा वि.सं. २००१ मा भानु पुस्तकालयको स्थापना गरिएको थियो । सो पुस्तकालय प्रति पनि राणाहरूको दृष्टि राम्रो रहेन । राणाहरूले त्यसपछि झनै धरपकड गर्ने, जेल लैजाने जस्ता गतिविधि गरेर नागरिक हकमा लाग्नेहरूलाई दुःख दिइ नै रहे । तर पनि खनाल नेतृत्वको युवाहरू राणाविरुद्ध चेतना फैलाउन रोकिएनन् । पछि श्री ३ पद्म शमशेर जबरा प्रधानमन्त्री भए । भानु पुस्तकालयको नाम परिवर्तन गरेर प्रधानमन्त्री पद्म शमशेरकै नाममा वि.सं. २००४ मा पुस्तकालय नाम परिवर्तन गरियो । नाम बदल्नका लागि तत्कालिन प्रधानमन्त्री पद्म शमशेरले नै स्वीकृति दिएका थिए । पद्म शमशेर नागरिक सचेत हुनपर्छ भन्ने मान्यता राख्थे । सोही अनुसार नै उनले पुस्तकालय सञ्चालनका लागि स्वीकृति दिएका थिए । पुस्तकालय स्थापना हुनुको मुख्य कारण राजनीतिक चेतना वुलन्द गर्नु थियो ।
कविराज खनालसहित पुस्तकालयको संयोजकमा पं. ज्ञानहरि शर्मा रहेका थिए भने संस्थापकमा बन्दिपुरकै सूर्यलाल प्रधान थिए । यस पुस्तकालयले वि.सं. २००४ पुष १ गते तत्कालीन डाइरेक्टर जनरल अफ पब्लिक इन्स्ट्रक्सन अफिसबाट स्वीकृति पाएको थियो । तत्कालीन नेता तथा कार्यकताहरूले सिंहदरबार धाएर नै सो पुस्तकालयमा कम्युनिष्ट विचारधाराका पुस्तकहरू राखेका थिए । शिक्षामा अभिरूची जनाई सामाजिक सुधारको रूपमा काम गर्नु पुस्तकालयको मुख्य उद्देश्य थियो । पुस्तकालयको माध्यमबाट त्यहाँ ‘तत्काल समाज सुधार’ नाटक पनि प्रदर्शन गरिएको थियो ।
सुरूवात कालमा यो पुस्तकालय सार्वजनिक पाटीमा सञ्चालन गरिएको थियो । स्थानीय व्यक्तिहरूको आर्थिक सहयोगमा पुस्तकालय सञ्चालन गरिएको थियो । ऐतिहासिक एवम् पूरातात्विक पुस्तकहरू पुस्तकालयमा अहिले पनि उत्तिकै महत्वका साथ राखिएका छन् । पुस्तकालय आफैंमा पनि ऐतिहासिक एवम् महत्वपूर्ण छ । जहाँ पूराना इतिहास बोकेका पुस्तकहरूको अध्ययनका लागि पनि जानुपर्ने पुस्तकालयबारे जानकारहरू बताउँछन् । इतिहास बुझ्न चाहनेले एकपटक पदम पुस्तकालय जानै पर्ने हुन्छ ।
गुगल नक्सा:
https://maps.app.goo.gl/NGLDfk4LMTcEmHXt9
फोटो ग्यालरी:
बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:
थानीमाईबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल)बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
विन्ध्यवासिनी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
खड्गदेवी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
पहाड पानीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
Bandipur Boudha Gumba बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
सिद्ध गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
रक क्लाइम्बिङ्बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
भुत्यायी बराह मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
तीन धाराबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
रामकोट गाउँबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
चन्द्रकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।
हुस्लाङकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।