रामकोट गाउँ


बन्दिपुर गाउँपालिका बन्दिपुर, तनहुँ । १७ बैशाख २०८०

English language

中文 (Chinese)

हिन्दी भाषा (Hindi)

lengua española (Spanish)

langue française (French)

한국어 (Korean)

日本語 (Japanese)

बन्दिपुर गाउँपालिकाको तीन नम्बर वडामा पर्छ, रामकोट गाउँ । मगर जातीको बसोबास रहेको यस गाउँ निकै आकर्षक देखिन्छ । गाउँमा मगर जातीमात्रैको बसोबास छ । हालसम्म यस गाउँमा करिब सात दर्जन घरधुरी बसोबास रहेको छ ।

रामकोट गाउँमा मगर भाषा मुख्य भाषा हो संस्कृति एवम् रितिरिवाज पनि मगर जातीकै छ । बाज्ये बज्यै, शनिवारे, बुधबारे, दयल घडु लगायत देवीदेवताको पूजा गरिन्छ ।

मगरहरूले पहिले घुमाउने घर बनाउने गरेका थिए । तर अहिले भने एउटामात्रै घुमाउने घर रामकोटमा रहेको छ । यहाँ परम्परागत कृषि प्रणाली अवलम्बन गरिन्छ । जसमा कुटो, कोदालो, खुर्पीट्याक लगायत परम्परागत औजारहरू समेत प्रयोग गरिन्छ ।

मगर जातीको टिपिकल गाउँको अवलोकन गर्नका लागि रामकोट गाउँ जान सकिन्छ । साथै मगर जातीको अध्ययन, अवलोकन भ्रमण गर्नका लागि पनि पर्यटकहरू आउने गरेका छन् ।

रामकोट गाउँ पर्यटकीय महत्व बोकेको गाउँ हो । बन्दिपुर आएका पर्यटकहरू प्रायः रामकोट नपुगी फर्कने गरेका छैनन् । स्थानीय भाषा एवम् संस्कृतिको अवलोकनका लागि पनि पछिल्लो समय रामकोट गाउँले प्रसिद्धि पाएको छ । रामकोटमा पर्यटकहरूका लागि सामुदायिक होमस्टेहरू पनि सञ्चालनमा रहेको छ । स्थानीय कला, संस्कृति तथा रितीरिवाज बुझाउने हिसाबले होमस्टेहरूले काम गरिरहेका छन् ।

स्थानीय स्तरमा उत्पादित गुन्द्रुक, सागसब्जी, मासको बारा, मकै लगायत यस ठाउँको विशेष खाना हो ।

कसरी पुग्ने ?
बन्दिपुर बसपार्कबाट भञ्ज्याङ चौतारा (प्याराग्लाइडिङ स्पट), मुच्चोक हुँदै रामकोट पुगिन्छ । हिँडेर करिब डेढ घण्टामा पुगिन्छ भने आफ्नो सवारी साधन वा रिर्जर्भमा जान पनि सकिन्छ । सवारी साधनमा जाँदा करिब ३० मिनेटसम्ममा रामकोटमा पुग्न सकिन्छ ।

गुगल नक्सा:

https://maps.app.goo.gl/AkdGG4ccU8ZLfPWL9

फोटो ग्यालरी:

बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:

थानीमाईबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

थानीमाई मन्दिर

मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल)बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल)

विन्ध्यवासिनी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

विन्ध्यवासिनी मन्दिर

पद्म पुस्तकालयबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पद्म पुस्तकालय

खड्गदेवी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

खड्गदेवी मन्दिर

पातलेद्वार गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पातलेद्वार गुफा

पहाड पानीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पहाड पानी

सहिद स्मारक पार्कबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

सहिद स्मारक पार्क

Bandipur Boudha Gumba बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

Bandipur Boudha Gumba

सिद्ध गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

सिद्ध गुफा

रक क्लाइम्बिङ्बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

रक क्लाइम्बिङ्

भुत्यायी बराह मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

भुत्यायी बराह मन्दिर

तीन धाराबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

तीन धारा

चन्द्रकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

चन्द्रकोट गढी

हुस्लाङकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस्

हुस्लाङकोट गढी

 

 

१७ बैशाख २०८०