भुत्यायी बराह मन्दिर


बन्दिपुर गाउँपालिका बन्दिपुर, तनहुँ । १७ बैशाख २०८०

English language

lengua española (Spanish)

中文 (Chinese)

हिन्दी भाषा (Hindi)

한국어 (Korean)

日本語 (Japanese)

langue française (French)

बन्दिपुर गाउँपालिकाको १ नम्बर वडामा पर्दछ भुत्यायी बहारहको मन्दिर । करिब डेढ सय वर्ष पूरानो यस मन्दिर आफैंमा ऐतिहासिक महत्वको समेत छ । मन्दिर बीचमा जीर्ण भएको थियो । पछि फेरि स्थानीय थापा परिवारले मन्दिरको पूर्णनिर्माण गरेका छन् । मन्दिरको आसपासमा अन्य देवीदेवताहरूको मूर्ति समेत स्थापना गरिएको छ ।

मन्दिरको नजिकै केदारेश्वर धामको समेत स्थापना गरिएको छ । मन्दिरको वरपर निकै आकर्षक देखिन्छ । मन्दिरकै पछाडितर्फ भूत्यायी झरना रहेको छ । झरनाबाट पानी झर्दाको छङ्गछङ्ग आवाजले मन्दिर क्षेत्रलाई विशेष बनाएको छ । पूराना पाटीपौआहरू पनि मन्दिर आसापास रहेका छन् ।

छाउदी बराह, ढोल बराह मन्दिर जस्तै भुत्यायी बराही पनि एक हुन् । यस मन्दिरमा विशेष पूजा फागु पूर्णिमामा हुन्छ । नित्य पूजा भने प्रायः भइरहेको मन्दिरका योगी नरनाथ बताउँछन् । योगी नरनाथ यस मन्दिरमा करिब ४ वर्ष यता तपस्या गर्दै आइरहेका छन् ।
स्थानीय सुवास खत्रीका अनुसार, करिब डेढ सय वर्ष पहिले स्थानीयहरूले मन्दिर आसपासको खेतमा भुतहरूलाई जगाएर खेत रोपाउने गरिएको किंवदन्तीहरूमा उल्लेख छ ।

भूतहरूले खेत रोप्ने गरेका कारण सो ठाउँको नाम नै भुत्यायी राखिएको स्थानीय बताउँछन् । किंवदन्ती अनुसार, अघिल्लो दिन बाँझै रहेको खेत भोलिपल्ट बिहान आउँदा खेत रोपिएको हुने गरेको थियो । त्यो खेत राति कसले रोप्यो त भन्दा भुतले रोपेको विश्वास गरिन थालिएको योगी नरनाथ बताउँछन् ।

यस मन्दिरमा आएर पूजाआजा गर्दा मनोकामना पूरा हुने समेत जनविश्वास रहेको छ । पहाडको फेदीमा रहेको यस मन्दिर निकै शान्त स्थानमा अवस्थित छ भने मनोरम पहाडहरू मन्दिरबाट देख्न सकिन्छ । व्यस्त तथा कोलाहल शहरबाट केही समय छुट्कारा पाउन पनि बन्दिपुरको यस गन्तव्य उपयुक्त हुने देखिन्छ ।

कसरी पुग्ने ?
पृथ्वी राजमार्गको नाहालाबाट दक्षिण पश्चिमतर्फ १० मिनेट पैदल हिँडेपछि मन्दिर पुगिन्छ । आफ्नो सवारी साधन भएमा मन्दिरसम्म नै लिएर जान सकिन्छ ।

गुगल नक्सा:

https://maps.app.goo.gl/iEUdmBJ47VdGEkm99

फोटो ग्यालरी:

बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:

थानीमाईबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

थानीमाई मन्दिर

मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल)बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल)

विन्ध्यवासिनी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

विन्ध्यवासिनी मन्दिर

पद्म पुस्तकालयबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पद्म पुस्तकालय

खड्गदेवी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

खड्गदेवी मन्दिर

पातलेद्वार गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पातलेद्वार गुफा

पहाड पानीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पहाड पानी

सहिद स्मारक पार्कबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

सहिद स्मारक पार्क

Bandipur Boudha Gumba बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

Bandipur Boudha Gumba

सिद्ध गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

सिद्ध गुफा

रक क्लाइम्बिङ्बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

रक क्लाइम्बिङ्

तीन धाराबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

तीन धारा

रामकोट गाउँबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

रामकोट गाउँ

चन्द्रकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

चन्द्रकोट गढी

हुस्लाङकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

हुस्लाङकोट गढी

 

 

१७ बैशाख २०८०