हुस्लाङकोट गढी


बन्दिपुर गाउँपालिका बन्दिपुर, तनहुँ । १७ बैशाख २०८०

English language

langue française (French)

lengua española (Spanish)

한국어 (Korean)

हिन्दी भाषा (Hindi)

中文 (Chinese)

日本語 (Japanese)

बन्दिपुर गाउँपालिकाभित्र पर्ने  हुस्लाङकोट गढी विगतमा जितपुर गढीको नामले परिचित थियो । जितपुर गढी तथा हुस्लाङकोट गढी दुवै नाम ऐतिहासिक नाम एवम् गढी हो । तनहुँका अन्तिम राजा हरकुमार दत्त सेनले हुस्लाङकोट गढीमा राज्य सञ्चालन गर्दथे । त्यतिखेर अर्को सिन्चाङ गढीको राजासँग हुस्लाङकोट गढीका राजाको युद्ध भएको थियो । हुस्लाङकोटका राजा सेनले सो युद्ध जितेको हुनाले पहिले पहिले त्यस गढीलाई जितपुर गढीको नामले चिनिने गरिएको पूराना जानकारहरू बताउँछन् । पछि कहिलेदेखि हुस्लाङकोट गढीको नामले परिचित भयो भन्नेबारे त्यति जानकारीहरू भेटिँदैन ।

ऐतिहासिक महत्व बोकेको यस गढी नजिकै सिद्ध मन्दिर रहेको छ । मन्दिर बन्दिपुर र आसपासका क्षेत्रमा निकै चर्चित रहेको छ । उक्त मन्दिरमा प्रत्येक महिना पूजा गर्ने गरिएको स्थानीयहरू बताउँछन् । सो मन्दिरमा पूजाआजाका क्रममा कुनै गल्ती भयो भने सोही रात वा अर्को दिनसम्ममा विपत्ती आउने स्थानीयहरू विश्वास गर्छन् । स्थानीयहरूका अनुसार, त्यहाँ पूजा गर्दा केही गल्ती भयो भने रातभर गाउँमा बाघ डुल्ने र कतिपयले आक्रमण समेत गर्ने गरेको पाइन्छ । पछि मन्दिरमा फेरि पूजा गरेपछि बाघ आफैं फर्कने गरेको स्थानीयमा विश्वास पाइन्छ ।
हुस्लाङकोट गढी र सिन्ताङ गढीबीचको युद्धमा सो मन्दिरले निकै ठूलो भूमिका खेलेको जानकारहरू बताउँछन् । स्थानीय जानकारहरूका अनुसार, सो युद्धमा एक लडाकुले निकै ठूलो भूमिका खेले । पछि सो लडाकुबारे खोजी गर्दै जाँदा उनी सिद्ध मन्दिरको सिद्ध भएको पत्ता लाग्यो ।

उनी त्यही मन्दिरभित्र रहेको एक रुखमा बस्ने गरेको समेत भेटिएको किंवदन्ती छ । अहिलेसम्म पनि सो रुखलाई त्यहाँ संरक्षण गरेर राखिएको छ । त्यसकारण सो युद्ध जित्नका लागि सिद्धको विशेष भूमिका तथा साथ रहेको जनविश्वास रहेको पाइन्छ ।

पर्यटकीय दृष्टिकोणले हुस्लाङकोट गढी निकै महत्वपूर्ण गढीमध्ये एक हो । ऐतिहासिक महत्व रहेको यस गढीमा विद्यालयस्तरबाट शैक्षिक तथा अवलोकन भ्रमण समेत गर्न सकिनेछ । बन्दिपुर घुम्न पुगेका पर्यटकहरूले छुटाउनै नहुने एक गन्तव्यमध्ये हुस्लाङकोट गढी पनि मुख्य हो ।
हुस्लाङकोट गढीबाट बन्दिपुर बजारतर्फको सुन्दर दृश्य, फराकिला हिमशृङ्खला र सूर्योदय तथा सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकीय गाउँ धरमपानी नजिकै रहेको कोटमा जातीय संग्रहालय बनाउने तयारी पनि छ ।

कसरी पुग्ने ?

बन्दिपुर बजारबाट धरमपानी/हुस्लाङकोट तर्फ जाने जीप वा दमौलीबाट केशवटार हुँदै धरमपानी/हुस्लाङकोट तर्फ जाने बसमा जान सकिन्छ । हुस्लाङ गाउँबाट करिब १५ मिनेट पैदलमा कोट पुगिन्छ ।

गुगल नक्सा:

https://maps.app.goo.gl/Fh4m3vSkynXYALD39

फोटो ग्यालरी:

बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:

थानीमाईबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

थानीमाई मन्दिर

मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल)बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल)

विन्ध्यवासिनी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

विन्ध्यवासिनी मन्दिर

पद्म पुस्तकालयबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पद्म पुस्तकालय

खड्गदेवी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

खड्गदेवी मन्दिर

पातलेद्वार गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पातलेद्वार गुफा

पहाड पानीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पहाड पानी

सहिद स्मारक पार्कबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

सहिद स्मारक पार्क

Bandipur Boudha Gumba बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

Bandipur Boudha Gumba

सिद्ध गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

सिद्ध गुफा

रक क्लाइम्बिङ्बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

रक क्लाइम्बिङ्

भुत्यायी बराह मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

भुत्यायी बराह मन्दिर

तीन धाराबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

तीन धारा

रामकोट गाउँबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

रामकोट गाउँ

चन्द्रकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

चन्द्रकोट गढी

 

 

१७ बैशाख २०८०