सहिद स्मारक पार्क


English language

한국어 (Korean)

lengua española (Spanish)

中文 (Chinese)

हिन्दी भाषा (Hindi)

日本語 (Japanese)

langue française (French)

राणा शासनविरुद्ध आन्दोलन चर्किरहेको थियो । श्रीभद्र शर्मा नेतृत्वमा नेपाली कांग्रेसको टोली पोखरा कब्जा गर्न तयार भएको थियो । बन्दिपुरमा आन्दोलनकारीहरू जम्मा भएका थिए । २००७ कै माघ १ मा बन्दिपुरमा २० हजारभन्दा बढी मानिस जम्मा भएका थिए ।

आन्दोलन चलिरहँदा भिडन्त शुरू भएको थियो । खड्गदेवी मन्दिर रहेकै ठाउँमा आर्मीहरू बस्थे । प्रहरीथाना, मालपोत, वैद्य खाना, आकासवाणीको भवन पनि त्यहीँ थियो । त्यहाँ आक्रमण गर्न बन्दिपुरबाट विशाल जुलुस गयो । त्यहाँ ३६ जना सेना थिए, उनीहरूले माथिल्लो डिलबाट गोली वर्षाए । जसमा ६ जनाको त्यहीँ मृत्यु भयो । माघ १ गते बिहानै उनीहरूले शव भिरबाट खसालिदिए । र उनीहरू पनि भागेर गोर्खातिर गए ।

ज्यान गुमाउनेमा पुलिमराङका धर्मध्वज गुरुङ पुलिमराङ, तनहुँसुरका उत्तरकुमार श्रेष्ठ, सिम्पानीका चन्द्रबहादुर सार्की, वसन्तपुरका खड्गबहादुर गोदार, तनहुँसुरका सन्तबहादुर राना मगर र धर्मराज बतासलाई हत्या गरि भीरबाट खसालिदिएको थियो ।

सो ठाउँमा समाधी स्थल बनाइयो । समाधी स्थलसँगै शहीद स्मारक बाटिका बनाइएको छ । वि.सं. २०४९ कात्तिक १ गते निर्माण शुरू गरिएको सो बाटिकाको तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सो वि.सं. २०५६ मंसिर २५ मा उद्घाटन गरेका थिए ।

स्थापना कालदेखि नै सो बाटिकामा हरेक वर्षको शहीद दिवसमा शहीदहरूको सम्झना कार्यक्रम गरिँदै आइरहेको छ । बन्दिरपुरबाट करिब १५ मिनेटमा सहिद स्मारक पुगिन्छ । बन्दिपुर घुम्न जानेहरूका लागि सहिद पार्क पनि केही समय अवलोकनका लागि एउटा गन्तव्य हो ।

कसरी पुग्ने ?
बन्दिपुरको टुँडिखेलबाट बन्दिपुर अस्पताल हुँदै पाँच मिनेटमा पार्क पुगिन्छ ।

गुगल नक्सा:

https://maps.app.goo.gl/WAfigLaw3zemtUdc6

फोटो ग्यालरी:

बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:

https://tourismpana.com/bandipur-thanimai-mandir/

https://tourismpana.com/mani-mukundeswori-marga-mini-grate-wall/

https://tourismpana.com/bindhyabasini-mandir-bandipur/

https://tourismpana.com/padhma-library-bandipur/

https://tourismpana.com/bandipur-khadga-devi-temple/

https://tourismpana.com/bandipur-pataledwar-cave/

https://tourismpana.com/bandipur-pahad-pani/

https://tourismpana.com/bandipur-gumba/

https://tourismpana.com/bandipur-siddha-gufa/

https://tourismpana.com/bandipur-rock-climbing/

https://tourismpana.com/bandipur-bhutyai-baraha-temple/

https://tourismpana.com/bandipur-tin-dhara/

https://tourismpana.com/bandipur-ramkot-village/

https://tourismpana.com/bandipur-chandrakot-gadhi/

https://tourismpana.com/bandipur-huslangkot-gadhi/

 

१७ बैशाख २०८०