मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल)


बन्दिपुर गाउँपालिका बन्दिपुर, तनहुँ । १७ बैशाख २०८०

English language

日本語 (Japanese)

한국어 (Korean)

lengua española (Spanish)

हिन्दी भाषा (Hindi)

langue française (French)

中文 (Chinese)

मगर समुदायका पाल्पाली राजा मणि मुकुन्दसेन निकै पराक्रमी थिए । राज्य विस्तारका क्रममा उनले बटौलीदेखि तनहुँसम्म आफ्नो राज्य फैलाएका थिए । त्यसैक्रममा उनले बन्दिपुर माथिको डाँडामा उनले आफ्नो किल्ला बनाएका थिए । पछि मुकुन्दसेन राजाको मृत्युपश्चात उनका छोराहरूले अंशबण्डा गरि राज्य लिए । जसअनुसार मुकुन्द सेनका जेठा छोरा भृङ्गी सेनले तनहुँ भनेर चिनिने अहिलेको बन्दिपुर र आसपासका राज्य लिए । त्यसपश्चात उनले बन्दिपुरको मुकुन्दसेनमा मुल दरबार बनाए ।

मुकुन्दश्वरी किल्ला भने अहिले भग्नावशेषको रुपमा देख्न सकिन्छ । सो गढीमा नवदुर्गाको समयमा फूलपातीकोे दिन राँगाको बली दिइन्छ र भिरबाट फालिन्छ । कोतको सम्झनामा यसो गरिँदै आइएको जानकारहरू बताउँछन् ।

पछिल्लो समय सो ठाउँलाई आधुनिक पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने गरि काम भइरहेको छ । बन्दिपुर गाउँपालिकाले सो ऐतिहासिक किल्लालाई पर्यटकीय गतिविधिसँग जोड्नका लागि नयाँ अवधारणा ल्यायो । गाउँपालिकाकै परिकल्पनामा मणि मुकुन्देश्वरी पर्खाल निर्माणाधिन छ । सो पर्खाल चीनको ग्रेटवाल जस्तै रहेको भन्दै त्यहाँ पुग्ने पर्यटकहरूले त्यसलाई मिनी ग्रेटवाल नाम दिएका छन् । जसअनुसार, सो स्थान अहिले मिनी ग्रेटवालको नामले पनि परिचित छ । थानीमाई मन्दिरबाट शुरू भएर यो मार्ग मुकुन्देश्वरी डाँडामा पुगेर टुंगिन्छ ।

सूर्योदय र सूर्यास्तको मनोरम दृष्यावलोकनका लागि यहाँ पुग्न पर्यटकहरू रुचाउने गरेका छन् । साथै, पर्यावरणका हिसाबले जंगली जनावर, मृग, चराचुरुङ्गीहरू देख्न सकिन्छ । सो पदमार्गमा च्युरीको रुख तथा मौसम अनुसार, विभिन्न रुख विरुवाहरूको फूलहरू टन्नै पाउन सकिन्छ । साथै पदमार्ग आसपासमा फागुन/चैतमा कोइरालको फूल पनि प्रशस्तै देख्न सकिन्छ । साथै इतिहास जान्न चाहनेहरूका लागि सो किल्ला अवलोकन निकै महत्वपूर्ण हुन्छ ।

कसरी पुग्ने ?
बन्दिपुर बजारको पश्चिमतर्फ रामकोट जाने बाटो हुँदै करिब दुई घण्टामा गढी पुगिन्छ । जंगलको बाटो भएकाले पथ प्रदर्शक वा त्यो ठाउँ बुझेको स्थानीय साथमा लिएर जाँदा सहज हुन्छ । बन्दिपुरमा बास बस्दै गर्दा एक दिने हाइकिङको रुपमा गढी पुगेर फर्कन उपयुक्त हुन्छ ।

गुगल नक्सा:

https://maps.app.goo.gl/1aHBeBdbVSsknEqJ9

फोटो ग्यालरी:

बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:

थानीमाईबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

थानीमाई मन्दिर

विन्ध्यवासिनी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

विन्ध्यवासिनी मन्दिर

पद्म पुस्तकालयबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पद्म पुस्तकालय

खड्गदेवी मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

खड्गदेवी मन्दिर

पातलेद्वार गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पातलेद्वार गुफा

पहाड पानीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

पहाड पानी

सहिद स्मारक पार्कबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

सहिद स्मारक पार्क

Bandipur Boudha Gumba बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

Bandipur Boudha Gumba

सिद्ध गुफाबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

सिद्ध गुफा

रक क्लाइम्बिङ्बारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

रक क्लाइम्बिङ्

भुत्यायी बराह मन्दिरबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

भुत्यायी बराह मन्दिर

तीन धाराबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

तीन धारा

रामकोट गाउँबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

रामकोट गाउँ

चन्द्रकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

चन्द्रकोट गढी

हुस्लाङकोट गढीबारे जानकारी पाउन तलको फोटोमा क्लिक गर्नुहोस् ।

हुस्लाङकोट गढी

 

 

१७ बैशाख २०८०