चन्द्रकोट गढी


English language

日本語 (Japanese)

हिन्दी भाषा (Hindi)

中文 (Chinese)

lengua española (Spanish)

한국어 (Korean)

langue française (French)

बन्दिपुर गाउँपालिका ५ मा पर्दछ चन्द्रकोट गढी । ऐतिहासिक महत्वको यस चन्द्रकोट गढी बि.सं. १८४० ताका नेपाल राज्य आन्तरिक कलह (नायबी लिने सिलसिलामा बहादुर शाह, राजेन्द्र लक्ष्मी, बाल नरेश रण बहादुर शाह) भएको मौका छोपी चौविसे राज्यका सेनाको नेतृत्व गर्दै तनहुँ राज्यले गोर्खाको सिरानचोकमा आक्रमण गर्‍यो । सो आक्रमणको प्रतिरक्षाको लागि नेपाली सेनाका २६ वर्षीय सेनानी (मेजर साब) अमरसिंह थापा आए (जस्को जन्मस्थल सिरानचोक नै हो र पछि नेपाली सेनाको जनरल भए र इतिहासमा छुट्टै नाम छ) । अमरसिंह थापाको साथमा रामकेशर बस्नेत र अभिमानसिंह बस्नेत थिए । उनीहरूले चौविसी राज्यको सिरानचोक आक्रमण परास्त पारे पश्चात्, वडामहारानी राजेन्द्र लक्ष्मीले तनहुँ राज्यबाट बढी खतरा हुने देखिन् । त्यसपछि सबैभन्दा पहिले तनहुँलाई कमजोर बनाउनु पर्ने आवश्यकता उनलाई महशुस भयो र तनहुँलाई आक्रमण गर्न आदेश दिइन् ।

सो समय तनहुँका राजा हरकुमार दत्त सेन थिए र मुख्य सैन्य ईलाका साथै दरबार देवधाट, बन्दिपुर–मुकुन्दश्वरी र तनहुँसुरमा थियो ।
अमरसिंह थापाको नेत्रित्वमा, रामकेशर बस्नेत र अभिमानसिंह बस्नेतले तनहुँ आक्रमणको रणनीति बनाए । सोही सिलसिलामा मर्स्याङ्दी नदि तरेर बाहुन भन्ज्याङ उक्लिए । सो समयमा बाहुन भन्ज्याङ वरपर बाहुन समुदायको बसोबास थियो । तनहुँका मगर राजाभन्दा गोर्खाली ठकुरी राजा प्रति नै सदासयता भएका कारण अमरसिंह थापाको समुहलाई , लुकिछिपी सैनिक ईलाका बनाउन र सैनिक गतिविधि गर्न दिइएको थियो ।

त्यसै सिलसिलामा बाहुन भन्ज्याङ माथि डाडामा कोट (आर्मी बेस) बनाउन दिएका थिए । सोही कोट स्थापना पश्चात चन्दैकोट नाम राखिएको हो । चन्द्रकोटबाट गोर्खा तथा मुकुन्दश्वरी देखिने भएकाले सो ठाउँमा कोट बनाउने निर्णय गरिएको थियो । गोर्खा र मुकुन्देश्वरीमा जता समस्या परेपनि एकैठाउँबाट देखिने भएकाले सो ठाउँको झनै महत्व बढ्यो । गोर्खामा समस्या परे गोर्खा दरबार तर्फ आगो बालेर धुवाँको संकेत दिने गरिएको थियो ।

स्थानीय जानकारहरूका अनुसार चन्द्रकोट सेनवंशी कोट होइन । गोर्खाली सेना अमरसिंह थापाको नेतृत्वमा तनहुँको राज्यको मुकुन्दश्वरी दरबार आक्रमण गर्न बनाइएको एक किल्ला हो । त्यसैले नाम पनि चन्द्र राखिएको छ । गोरखाली झण्डाको प्रतीकको रूपमा रहेको चन्द्रलाई त्यहाँ राखिएको छ ।

सोही किल्लाको प्रयोग गरेर तनहुँ राज्य १८४० मा नेपाल राज्यमा गाभिएको इतिहासमा उल्लेख छ । त्यसपश्चात तनहुँका अन्तिम राजा हरकुमार दत्त सेन भागेर रामनगर गएर बसेको समेत इतिहास रहेको स्थानीय जानकार ध्रुव प्रसाद लामिछाने बताउँछन् ।
पछिल्लो समय चन्द्रकोटको महत्व झनै बढेको छ । इतिहासको खोज अनुसन्धान एवम् अध्ययन गर्नेहरूका लागि पनि चन्द्रकोट विशेष रहेको छ ।

कसरी पुग्ने ?

बन्दिपुर बजारबाट पूर्वतर्फका गाउँहरू जाने जीपमा चढेर बाहुन भञ्ज्याङदेखि अगाडि खानीगाउँमा पुग्ने । त्यसपछि २० मिनेट पैदल हिँडी कोट पुगिन्छ । नेपालको सबैभन्दा पूरानो मध्येको सुरुङ भएको स्थान हुदै चन्द्रकोट गढी पुगिन्छ ।

गुगल नक्सा:

https://goo.gl/maps/aoknqH2tXcd3JpQS8

फोटो ग्यालरी:

 

बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:

https://tourismpana.com/bandipur-thanimai-mandir/

https://tourismpana.com/mani-mukundeswori-marga-mini-grate-wall/

https://tourismpana.com/bindhyabasini-mandir-bandipur/

https://tourismpana.com/padhma-library-bandipur/

https://tourismpana.com/bandipur-khadga-devi-temple/

https://tourismpana.com/bandipur-pataledwar-cave/

https://tourismpana.com/bandipur-pahad-pani/

https://tourismpana.com/bandipur-sahid-smarak-park/

https://tourismpana.com/bandipur-gumba/

https://tourismpana.com/bandipur-siddha-gufa/

https://tourismpana.com/bandipur-rock-climbing/

https://tourismpana.com/bandipur-bhutyai-baraha-temple/

https://tourismpana.com/bandipur-tin-dhara/

https://tourismpana.com/bandipur-ramkot-village/

https://tourismpana.com/bandipur-huslangkot-gadhi/

१७ बैशाख २०८०