विन्ध्यवासिनी मन्दिर


English language

 

中文 (Chinese)

한국어 (Korean)

lengua española (Spanish)

日本語 (Japanese)

हिन्दी भाषा (Hindi)

langue française (French)

वि.सं. १८२५ मा पृथ्वी नारायण शाहले काठमाडौं उपत्यकालाई पनि एकीकरण गरे । त्यतिबेला काठमाडौंमा रहेका नेवार जाती तितरवितर बने । त्यसमध्ये केही बन्दिपुरसम्म आइपुगे । उनीहरूले बन्दिपुरमा कपडा बेचेर घरसम्म बनाए । बन्दिपुरका पूराना घरहरू भक्तपुरका कालिगढहरूले नै बनाएका हुन् । बन्दिपुरमा बस्न थालेपछि उनीहरूले यहाँका स्थानीय साहु महाजनहरूसँग मिलेर मठ मन्दिर बनाए । जसमध्ये बन्दिपुर बजारमा रहेको विन्ध्यावासिनी मन्दिर पनि एक हो ।

बन्दिपुर बजारको बीचमा पर्छ विन्ध्यावासिनी मन्दिर । बन्दिपुरकै पिया खलकले यस मन्दिरको व्यवस्थापन गर्दै आइरहेका छन् । नयाँ वर्षमा पर्ने नेवारहरूको पर्व बिस्केट जात्रा यस मन्दिरमा पनि विशेष गरि मनाइन्छ । वैशाख १ गते मनाइने यस पर्वमा मन्दिरको छानाबाट पैसाको वर्षा गरिन्छ । त्यो पैसा जसले ढुकुटीमा लगेर राख्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ । बिस्केट जात्राको दिन चेलीबेटीलाई बोलाएर भोज खुवाउने नेवारी परम्परा छ ।

बिस्केट जात्राको दिनमा साँझमा तीन पटकसम्म खाच्चा द्यौ (देवी) लाई खटमा देवता राखेर बजारमा शोभा यात्रा हुन्छ ।
यसैदिन पुतली च्वे (पुतलीको बिहे) गर्ने चलन छ । हेरेरमपट्टीबाट बिहेको जन्ति शुरू हुन्छ । बासुरी बजाउँदै ‘पुतलीको विहे भयो, जन्ति जान पाइन हो’ गीत गाउँदै बजार परिक्रमा गरेर तीन धारामा गएर सेलाउने चलन छ ।

गुगल नक्सा:

https://maps.app.goo.gl/SJsga3MYY48wAtoA7

फोटो ग्यालरी:

१७ बैशाख २०८०