English language
한국어 (Korean)
lengua española (Spanish)
中文 (Chinese)
हिन्दी भाषा (Hindi)
日本語 (Japanese)
langue française (French)
तनहुँको बन्दिपुर गाउँपालिकाको वडा नम्बर ४ मा पर्छ, पातलेद्वार गुफा । आकर्षक गुफा एवम् धार्मिक महत्वका कारण यस गुफामा पर्यटकको आकर्षण पाइन्छ ।
गुफामा तीन वटा तला सजिलै देखिन्छ । गुफाभित्र सात वटा तला रहेको स्थानीय कृष्ण बहादुर श्रेष्ठ बताउँछन् ।
उनका अनुसार, विगतमा सो गुफामा रहेका गाइका थुनजस्ता आकृतिबाट दूध निस्कने गरेको थियो । त्यो दूध कुनै भक्तजनले पिइदिएपछि त्यहाँबाट दूध नआई पानी आउने गरेको किंवदन्ती छ ।
गुफाबाट भित्र छिरेर अवलोकन गर्दै गुफाको तल असकोटे महादेवको मन्दिरमा निस्कन मिल्ने गरेको किंवदन्ती छ । तर अहिले भने गुफाबाट निस्कनका लागि दोस्रो बाटो देखिँदैन । विगतमा भगवान रामसमेत त्यस गुफामा ध्यानमा बसेको किंवदन्ती छ । त्यतिखेर सीताले उनलाई ध्यानदृष्टिले हेर्दा राम त्यस गुफामा ध्यानमा बसेको देखेपछि उनी पनि त्यहाँ आएको किंवदन्ती रहेको स्थानीय बताउँछन् ।
प्रत्येक राम नवमीमा यस मन्दिरमा मेला लाग्ने गरेको छ । गुफा परिसरमा राममन्दिर समेत निर्माण गरिएको छ । चैत बैशाखमा जाँदा गुफा आसपासको पाखामा ऐसेलु टिपेर खान पाइन्छ ।
गुफाभित्र गाइका थुन, भकारी, हात्तीको सुँढ जस्ता आकृतिहरू देख्न सकिन्छ । गुफा अँध्यारो भएकाले चमेराहरू नै देख्न सकिन्छ । गुफालाई पछिल्लो समय व्यवस्थित गरिदै गएको छ ।
गुफाका विभिन्न तलामा भर्याङ र डोरीको सहारा लिएर उक्लन/ओर्लन सकिन्छ ।
के ख्याल गर्ने ?
गुफाभित्र अँध्यारो हुने भएकाले पर्यटकहरूले अवलोकनका लागि जाँदा टर्च लाइट साथमा लिएर जानुपर्छ ।
कसरी पुग्ने ?
पृथ्वी राजमार्गको विमलनगर नजिकै रहेको नयाँ पुलमा झरेर त्यहाँबाट २० मिनेट उकालो हिँडेपछि गुफा पुगिन्छ ।
फोटो ग्यालरी:
बन्दिपुर गाउँपालिका भित्रका अन्य पर्यटकीय गन्तव्यहरू:
https://tourismpana.com/bandipur-thanimai-mandir/
https://tourismpana.com/mani-mukundeswori-marga-mini-grate-wall/
https://tourismpana.com/bindhyabasini-mandir-bandipur/
https://tourismpana.com/padhma-library-bandipur/
https://tourismpana.com/bandipur-khadga-devi-temple/
https://tourismpana.com/bandipur-pahad-pani/
https://tourismpana.com/bandipur-sahid-smarak-park/
https://tourismpana.com/bandipur-gumba/
https://tourismpana.com/bandipur-siddha-gufa/
https://tourismpana.com/bandipur-rock-climbing/
https://tourismpana.com/bandipur-bhutyai-baraha-temple/
https://tourismpana.com/bandipur-tin-dhara/
https://tourismpana.com/bandipur-ramkot-village/