संधै उत्तिकै ब्यस्त बसन्तपुर दरबार क्षेत्र ( तस्बिरमा )


टुरिजम पाना संवाददाता काठमाडौं । २ पुष २०८०

वसन्तपुर क्षेत्र काठमाडौंको मध्य भागमा पर्छ । यो दरबार क्षेत्र’ काठमाडौं उपत्यकामा रहेका तीन शाही दरबार मध्येको एक हो । यूनेस्को विश्व सम्पदामा सुचिकृत रहेको यो क्षेत्रमा घुम्न आउने अन्तरिक तथा बाह्य पर्यटकको चाप उत्तिकै हुने गर्दछ । धार्मिक स्थलको रुपमा पनि प्रसिद्ध मानिने बसन्तपुर दरबार क्षेत्रमा घुमघामसँगै धार्मिक आस्थासँग जोडिएका आन्तरिक पर्यटकहरुको पनि घुँइचो लाग्ने गरेको छ।

हनुमानढोका नामले पनि चिनिने यस दरबार परिसरमा ऐतिहासिक भवन र साँस्कृतिक महत्व झल्काउने मन्दिरहरु रहेका छन् । समयसमयमा आउने जात्रा तथा पर्वले झनै वसन्तपुरको मौलिकता झल्काउने गर्छ । बसन्तपुर क्षेत्रमा हनुमानढोका, काष्ठमण्डप, कालभैरव लगायत अन्य मन्दिरहरु रहेका छन् ।

वि.स २०७२ साल वैशाख १२ गते आएको विनासकारी भूकम्पका कारण यस क्षेत्रमा रहेको ऐतिहासका मठमन्दिरहरु ढलेका थिए । हाल खुईलिएका भौतिक संरचनामा रंगरोगन गरिएको छ, भत्किएका संरचना पुनः निर्माणका क्रममा छन्, फोहोर व्यवस्थापनमा उल्लेख्य सुधार भएको छ भने घुमफिरका लागि उपयुक्त वातावरणको व्यस्थापन समेत गरिएको छ । बसन्तपुरलाइ हेरौं तस्बिरमा :-

२ पुष २०८०