बन्दीपुरमा कोशेली घर संचालनमा


टुरिजम पाना संवाददाता बन्दीपुर । २ पुष २०८०

बन्दीपुरमा कोशेली घर संचालनमा ल्याईएको छ । स्थानीय उत्पादन बिक्रि गर्न बन्दीपुर गाउँपालिकाको सहयोगमा बन्दीपुर परिश्रमी युवा समुहले बन्दीपुर बजारमा कोशेली घर संचालनमा ल्याएका हुन् ।

कोशेली घरको सोमबार उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर गाउँपालिका भित्र उत्पादन हुने वस्तुहरुको प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने बताए । कोशेली घरमा कृषकहरुले उत्पादन गरेका मस्यौरा, बेसार, मास, मकै मस्याङ, तरुल, अदुवा, पिडाँलु, अचार, लगायतका खाद्य सामाग्री राखिएका छन् ।

गाउँघरमा नै बनेका दैनिक प्रयोगमा आउने वस्तुहरुको बजारीकरण गरी उद्यमशीलता वृद्वी गर्ने उदेश्यले कोशेली घर संचालन गरिएको गाउँपालिका उपाध्यक्ष पंचमायाँ गुरुङले बताइन । कोशेली घरको शुभारम्भ भए संगै त्यहाँका स्थानीयलाई कृषि उपज बस्तु बिक्री वितरण गर्न सजिलो भएको छ ।

२ पुष २०८०