भेडेटारमा सिसाको ‘स्काई वाक’ निर्माण सम्पन्न


टुरिजम पाना काठमाडाैँ । ११ श्रावण २०८१

भेडेटार स्थित सिसाकाे ‘स्काई वाक’ काे निमार्ण कार्य सम्पन्न भएकाे छ ।

परियाेजना विकासकर्ताकाे सम्पूर्ण निजि खर्चमा निमार्ण सम्पन्न भएकाे याे परियाेजना सार्वजनिक निजि साभेदारी माेडलकाे काेशी प्रदेश सरकारकाे पहिलाे परियाेजना भएकाे  कम्पनीका अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए ।

क्यान्टिलिभर टावरको मोडलमा १८.५ मिटर अग्लाे भिउ टावर हाल तयार भएकाे छ । स्काइ वाकमा एकैपटकमा २०० जना हिड्न सक्छन् । सिसाको स्काइ वाकको तल भिर भएकाले झन् ‘थ्रील’ अनुभव हुने पोख्रेल बताउँछन् ।

यस परियाेजनालाई प्रदेश लगानी प्राधिकरण, काेशी प्रदेशले अगाडि बढाएकाे हाे । परियाेजनाकाे समन्वय साँगुरिगढी, धनकुटा र धरान उप महानगरपालिका सुनसरीले गरेकाे छ ।

कम्पनीका निर्देशक दामोदर शर्माले यस परियाेजनालाई काेशी प्रदेशमा नै साहसिक पर्यटन तथा मनाेरन्जनकाे क्षेमा नयाँ मानक स्थापित गर्ने  विश्वास राखेका छन् । उनका अनुसार करिब २० कराेड रुपैयाँ सम्मकाे लगानी याेजना अन्तर्गत हाल कार्य भैइरहेकाे यस परियाेनजाले प्रत्यक्ष २० जनालाइ अप्रत्यक्ष १०० जनालाइ राेजगारी दिनेछ ।

यस परियाेजनामा वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिकाे निर्माण रहेकाे छ । निकट भविष्यमा यहाँ जिप लाइन,बन्जि तथा फ्रि फल समेत सञ्चालन गर्ने लक्ष्य निर्माण पक्षले राखेकाे छ ।

सिसामा हिड्ने पुलकाे लम्बाइ ४१ मिटर तथा चाैडाइ २ मीटर रहेकाे छ । यस स्काईवाक प्रयाेग भएकाे सिसा करिब ३३ मी.मी रहेकाे छ ।

परियाेजनाकाे प्राविधिक कार्यहरुकाे अनुमती भाैतिक पुर्वाधार विकास मन्त्रालय काेशी प्रदेशले दिएकाे छ भने यस परियाेजनाकाे डिजाइन तथा अनुगमन नेपालका दक्ष इन्जिनियरहरुकाे समुहले गरेकाे छ ।

यस स्काइवाककाे सञ्चालनले यस क्षेत्रमा अान्तरिक पर्यटनकाे सख्या बढ्ने मात्र नभइ भारत, बंगलादेश लगायतका विदेशी पर्यटकहरुकाे समेत संख्यामा उल्लेख्य वृद्धिकाे अपेक्षा निर्माणा पक्षले लिएकाे छ ।

काेशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले स्काईवाककाे उद्घाटन  गरेका हुन् । कार्यक्रममा धनानका मेयर  हर्क साम्पाङ्गकाे  पनि उपस्थिती रहेकाे थियाे ।

काठमाडौंको कमलादीमा हाल निर्माण भइरहेको ‘स्काई वाक टावर’ र इलामको कन्याममा निर्माण भइ सञ्चालनमा आइसकेको ‘कन्याम क्लाउड’ नामको स्काई वाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो ।

११ श्रावण २०८१