त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा उच्च तहका एक दर्जनभन्दा बढी कर्मचारी गुमाएको सौर्य एयरलाइन्सले अनिश्चितकालका लागि उडान राेकेकाे छ।
पोखरामा सी–चेकका लागि उडेको ९एएएमई जहाज दुर्घटना हुँदा प्राविधिकहरु सहित १८ जना कर्मचारीको निधन भएको थियो। बुधबार निधन भएका कर्मचारीहरुको शोकमा अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण उडानहरु रोकेको उप‑महाप्रबन्धक उमेश आचार्यले जानकारी दिए।
उडान गरेकाे १० सेकेण्डमा नै जहाज दुर्घटना हुँदा पाइलट बाहेक १८ जना यात्रुले ज्यान गुमाएका थिए ।
हाल पाइलट मनिष शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।