नेपाल एयरलाइन्सलाई क्यानले साेध्याे २४ घण्टे स्पष्टीकरण


टुरिजम पाना काठमाडौ । १४ कार्तिक २०७९
bayu sewa nigam
फाइल तस्वीर

उडान तालिका स्वीकृत नगरी यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पारेको  भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्राधिकरणले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थलको सुरक्षामा गम्भीर असर परेको भन्दै निगमलाई स्पष्टीकरण सोधेको हो ।

अनुमतिबिना नै यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमलाई २४ घण्टाभित्र के कारणले उडान गर्न खोजिएको हो भन्ने विषयमा जवाफ समेत माग मागिएको छ ।

उडान नभएको दिनमा यात्रुलाई विमानस्थलमा बोलाएर गैरकानुनी तरिकाले बोर्डिङ पाससमेत उपलब्ध गराई याुत्रलाई वैकल्पिक व्यवस्था नगरी, किन समयमै खबर गरिएन, गैरसैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर असर पारेकाले निगमलाई स्पष्टीकरण सोधिएको हो,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रवक्ता जगन्नाथ निरौलाले प्राधिकरणले कुनै पनि उडानको टिकट बिक्री–वितरण नगर्न/नगराउन तथा प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको उडान मात्र सञ्चालन गर्न/गराउन वायुसेवा कम्पनीलाई निर्देशन दिएको पनि बताए ।

१४ कार्तिक २०७९