माओवादीको प्रतिबद्धता: पर्यटन क्षेत्रको विकास, रोजगारीका अवसर सिर्जना

पाल भ्रमण वर्ष घोषणा गरेर ३० लाख पर्यटक भित्र्याउने आधार तय गर्ने


टुरिजम पाना काठमाडाैं । १४ कार्तिक २०७९
maoist nepal prachanda

नेपाल कम्युनिष्ट पार्टी माओवादीले समग्र पर्यटन क्षेत्रको विकास गरी रोजगारीको अवसर सिर्जना गर्ने र मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता गरेको छ ।

मंसिरमा हुने संघ तथा प्रदेशको निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादीले पर्यापर्यटन, साँस्कृतिक पर्यटन र साहसिक पर्यटनको प्रवर्धन गरी दिगो पर्यटनको आधार तयार गर्ने, नेपाललाई हिन्दूहरुको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तथा नयाँ गन्तव्यको पहिचान र विकास गर्ने उल्लेख गरेको छ ।

दुर्गम पहाड, जंगल र नदी वरपर पर्यटकीय गतिविधिमा लगानी गर्न चाहने व्यवसायीहरुलाई निश्चित अवधिसम्म कर छुट दिने माओवादीले घोषणा गरेको छ ।

त्यस्तै, नेपाल भ्रमण वर्ष घोषणा गरेर ३० लाख पर्यटक भित्र्याउने आधार तय गर्ने, स्वरोजगारमुखी पर्यटन व्यवसायमा लाग्दै आएको करलाई सरलीकृत गरी एकद्धार प्रणालीमा ल्याइने, कर प्रणालीलाई व्यवहारिक र पर्यटनमैत्री बनाउने माओवादी जनाएको छ ।

१४ कार्तिक २०७९