पोखरा-जोमसोम हवाइ रुटमा क्यामेरा जडान शुरु

सफल भए अन्य विमानस्थलमा विस्तार गरिने


टुरिजम पाना काठमाडौं । २८ कार्तिक २०७९
Jomsom Airpot
फाइल तस्वीर रासस

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पोखरा–जोमसोम रुटमा क्यामेरा जडानको प्रक्रिया सुरु गरेको छ ।

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग प्राधिकरणले गत शुक्रबार एक सम्झौता गरेअनुसार पोखरा–जोमसोम रुटमा कम्तीमा ५ वटा क्यामेरा जडान हुने प्राधिकरणले जनाएको हो ।

सम्झौता अनुसार पोखरा–जोमसोम हवाई रुटमा पर्ने माहुरीडाँडा, कटुका र लेतेमा मौसम जानकारी दिने क्यामेरा जडान हुने छन् । पोखरा–जोमसोम रुटमा परीक्षण सफल भएमा अन्य विमानस्थलमा समेत सेवा विस्तार गर्ने क्यानको तयारी छ ।

प्राधिकरण र आविष्कार केन्द्रबीच भएको सम्झौता अनुसार क्यामेरा जडानमा लाग्ने खर्च प्राधिकरणले बेहोर्ने भने प्रविधि भने राष्ट्रिय आविष्कार केन्द्रले जुटाउने छ । क्यामराले सूर्योदयदेखि सूर्यास्तसम्मको मौसमी सूचना दिनेछन् ।

जसले हवाई सुरक्षा अभिवृद्धिमा ठूलो सहयोग पुग्ने अपेक्षा क्यानको छ ।

२८ कार्तिक २०७९