पर्यटन प्रवद्र्धनका लागि नेपालमा विभिन्न कार्यहरू गर्न आवश्यक रहेको नेपाल टुरिजम बोर्डका सिइओ दिपक राज जोशीले बताएका छन् ।
शुक्रबार क्यापिटल नेपालले आयोजना गरेको होटलियर समिट–२०२४ कार्यक्रममा पुर्वाधारका कारण कतिपय चेन होटलहरू काठमाडौंमा मात्र सिमित रहेको बताउँछन् ।
‘एक्सेस टु ड डेस्टिनेसनका लागि डाइरेक्ट फ्लाइट, नयाँ दुई विमानस्थलको नीति सहित प्रचार, नेपाल एयरलाइन्सको उचित व्यवथापन, विभिन्न नाकाबाट भित्रने पर्यटकहरूको समस्याको समाधान, विभिन्न क्यान्पियनहरू ल्याउनुका साथै विश्वव्यापी प्रचार लगायतका पक्षहरूलाई प्राथमिकतामा राखि सबै पक्ष एकजुट भएर काम गर्नु पर्छ,’ उनले भने ‘जहाँ पर्यटनको सम्भावना बढी छ, सो ठाउँहरूलाई नै जोड्ने पुर्वाधार राम्रो छैन ।’
यस्तै, आइसोलेसनमा पर्यटन प्रवद्र्धन गर्न सम्भव नरहेको उनी बताउँछन् ।